बुरुन्डीमा राजनीतिक संकट : राष्ट्रपति न्दिसिमियेद्वारा प्रधानमन्त्री र सेनाप्रमुख बर्खास्त | Khabarhub Khabarhub

बुरुन्डीमा राजनीतिक संकट : राष्ट्रपति न्दिसिमियेद्वारा प्रधानमन्त्री र सेनाप्रमुख बर्खास्त


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपति इवरिस्ते न्दिसिमियेले बुधबार प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गरेका छन् ।

केही समययता अशान्त रहँदै आएको देशमा राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जर्नेल समेत रहेका राष्ट्रपति न्दिसिमियेले प्रधानमन्त्री एलेन गुइलाउम बुन्योनी र सेना प्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरेका हुन् ।

उच्च पदस्त दुई अधिकारीको बर्खास्तसँगै हतार हतार बोलाइएको संसदको अधिवेशनमा सांसदहरूले सुरक्षामन्त्री गेरवाइस नदिराकोबुकालाई बुन्योनीको स्थानमा प्रधानमन्त्री चुनेका छन् ।

बुरुन्डीको संसदमा उपस्थित ११३ सदस्यको सर्वसम्मत मतदानबाट उनलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको राष्ट्रिय प्रसारक आरटीएनबीले जनाएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका न्दिस्मीयेले बुन्योनीलाई बर्खास्त गर्नुको कुनै कारण खुलाएका छैनन् । तर, उनले गत साता आफ्नो सरकारविरुद्ध सत्ताविद्रोह अर्थात् ‘कू’ को षडयन्त्र भइरहेको दाबी गरेका थिए ।

शुक्रबार मुलुकको प्रशासकीय राजधानी गितेगामा सरकारी अधिकारीहरूको बैठकमा नडिदस्मीयेले चेतावनी दिँदै भनेका थिए, “सेनाका जनरलले ‘कू’ गर्छु भनेर धम्की दिन सकिन्छ जस्तो लाग्छ ? त्यो व्यक्ति को हो ? जो सुकै भए पनि आउनुपर्छ र ईश्वरको कृपामा म उसलाई परास्त गर्नेछु ।”

सत्तारुढ सीएनडीडी–एफडीडी पार्टीमा लामो समयदेखि वरिष्ठ नेताका रुपमा रहेका पूर्व प्रहरी प्रमुख तथा सुरक्षा मन्त्री बुन्योनीको अवस्थाबारे तत्काल कुनै जानकारी गराइएको छैन ।

राष्ट्रिय गुप्तचर सेवाको नयाँ सैनिक प्रमुखको जिम्मेवारी विशेष शक्तिसहित सेनाका कर्नेल एलोयस सिन्दायिहेबुरालाई दिइएको छ । उनलाई प्रधानमन्त्रीका गतिविधिलाई अनुगमन गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।

ह्वाट्सएपमा रातारात पठाइएको अत्यन्त जरुरी सूचनामार्फत सांसदहरूलाई बुधबार संसदको अधिवेशनमा सहभागी हुन आह्वान गरिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : २१ बजे

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जग लघु, घरेलु तथा

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 

दोलखा– जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको

एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्

काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– युके पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा