बुरुन्डीमा राजनीतिक संकट : राष्ट्रपति न्दिसिमियेद्वारा प्रधानमन्त्री र सेनाप्रमुख बर्खास्त « Khabarhub

बुरुन्डीमा राजनीतिक संकट : राष्ट्रपति न्दिसिमियेद्वारा प्रधानमन्त्री र सेनाप्रमुख बर्खास्त


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपति इवरिस्ते न्दिसिमियेले बुधबार प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गरेका छन् ।

केही समययता अशान्त रहँदै आएको देशमा राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जर्नेल समेत रहेका राष्ट्रपति न्दिसिमियेले प्रधानमन्त्री एलेन गुइलाउम बुन्योनी र सेना प्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरेका हुन् ।

उच्च पदस्त दुई अधिकारीको बर्खास्तसँगै हतार हतार बोलाइएको संसदको अधिवेशनमा सांसदहरूले सुरक्षामन्त्री गेरवाइस नदिराकोबुकालाई बुन्योनीको स्थानमा प्रधानमन्त्री चुनेका छन् ।

बुरुन्डीको संसदमा उपस्थित ११३ सदस्यको सर्वसम्मत मतदानबाट उनलाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको राष्ट्रिय प्रसारक आरटीएनबीले जनाएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका न्दिस्मीयेले बुन्योनीलाई बर्खास्त गर्नुको कुनै कारण खुलाएका छैनन् । तर, उनले गत साता आफ्नो सरकारविरुद्ध सत्ताविद्रोह अर्थात् ‘कू’ को षडयन्त्र भइरहेको दाबी गरेका थिए ।

शुक्रबार मुलुकको प्रशासकीय राजधानी गितेगामा सरकारी अधिकारीहरूको बैठकमा नडिदस्मीयेले चेतावनी दिँदै भनेका थिए, “सेनाका जनरलले ‘कू’ गर्छु भनेर धम्की दिन सकिन्छ जस्तो लाग्छ ? त्यो व्यक्ति को हो ? जो सुकै भए पनि आउनुपर्छ र ईश्वरको कृपामा म उसलाई परास्त गर्नेछु ।”

सत्तारुढ सीएनडीडी–एफडीडी पार्टीमा लामो समयदेखि वरिष्ठ नेताका रुपमा रहेका पूर्व प्रहरी प्रमुख तथा सुरक्षा मन्त्री बुन्योनीको अवस्थाबारे तत्काल कुनै जानकारी गराइएको छैन ।

राष्ट्रिय गुप्तचर सेवाको नयाँ सैनिक प्रमुखको जिम्मेवारी विशेष शक्तिसहित सेनाका कर्नेल एलोयस सिन्दायिहेबुरालाई दिइएको छ । उनलाई प्रधानमन्त्रीका गतिविधिलाई अनुगमन गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।

ह्वाट्सएपमा रातारात पठाइएको अत्यन्त जरुरी सूचनामार्फत सांसदहरूलाई बुधबार संसदको अधिवेशनमा सहभागी हुन आह्वान गरिएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ७ : २१ बजे

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई