सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की | Khabarhub Khabarhub

सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको छ : कामु प्रधानन्यायाधीश कार्की


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् ।

आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए । “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उनले भने, “एक दुई जनालाई पनि हामीले ढिलाइ गरेर राख्यौँ, समयमा काम गरिदिएनौँ, मुद्दा मामिला ढिलाइ ग¥यौँ भने ती सेवाग्राहीले समाजमा गएर गलत सन्देश म्यासेज सम्प्रेषण गर्नुहुन्छ ।” त्यसले न्यायालयबारे गलत सन्देश जाने उनले बताए ।

“न्यायालयको बेवास्ताका कारण समाजले नै अदालतमा ढिलासुस्ती हुने रहेछ । अदालतमा त भनेको बेला काम नहुने रहेछ भन्ने गुनासो आउँछ । यस्ता सामान्य कुराले पनि समाजमा गलत सन्देश जान सक्छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने ।

उनले अदालतमा आउने जो कसैलाई पनि झुलाउने प्रयास गर्न नहुने बताए । उनले कर्मचारी तथा मातहतका न्यायाधीशलाई भने, “सेवाग्राहीको समस्या बुझिदिनुहोस् । अदालतका कर्मचारी पनि कोठामा बसेर, कुर्सीमा बसेर मात्रै होइन, आउने सेवाग्राही आउनुहुन्छ, बाहिरै बस्नुहुन्छ । उहाँको समस्या बुझ्नुस् । आएकालाई पनि तपाईंको समस्या के हो भनेर सम्बोधन गरिदिनुहोस् । त्यसपछि मात्रै जनतालाई न्यायालय भएको आभाष गर्नुहुन्छ ।”

उनले मातहतका सबै न्यायालयमा जान नसकिने भन्दै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । “सबै ठाउँमा गएर सचेत गराउन सकिँदैन । सबैले आफ्नो दायित्व पूरा गरेमा जनताले राहत पाउनेछन् ।”

उनले तारिखका लागि एउटा पक्ष आउने र अर्को पक्ष नआएको थाहा पाए त्यसमा स्वार्थ भएको टिप्पणी गर्न सकिने बताए । “एक पक्ष आउने र अर्को पक्ष नआउँदा आएको पक्षले स्वार्थवश हामीलाई झुलाइरहेको छ भन्ने सोच्न सक्छ । उसलाई बुझाइ दिनुस् न । यो कारणले तपाईंको तारिख ढिला भएको हो भनेर ।” सामान्य कुरा भए पनि यस्ता कुरामा गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ९ : ३८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस