गाउँघरमा सुनिँदैन नगराको धुन | Khabarhub Khabarhub

गाउँघरमा सुनिँदैन नगराको धुन


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

लमजुङ– दसैँका बेला बज्ने नगराको धुन अहिले गाउँघरमा सुन्न पाइँदैन । दसैँ सुरु हुनासाथ गाउँघरमा डुमडुम आवाज सुनिन्थ्यो । घटस्थापनादेखि पूर्णिमासम्म घर-घरमा डुलेर नगरा लगाउने चलन थियो। 

बेँसीसहर नगरपालिका– ५ का शमशेर थापाले यस वर्ष गाउँघरमा नगराको धुन सुन्न नपाएको बताए । उनलाई दसैँको वेला ‘नगराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको छ । उनले भने, ‘केही वर्षअघिसम्म घटस्थापना सुरु भएदेखि नै गाउँघरमा नगरा लगाउँथे । नहरा लगाउँदा दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो । अहिले त नगराको धुन सुन्नै पाइँदैन । दसैँ नै सुनसान भएको छ ।’

दसैँको वेला नगरा लगाएको घरमा सुखशान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दसैँको बेलामा परियार समुदायका मान्छेले घरघरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय हराउँदै गएको हो । हिन्दु धर्मसंस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ । 

युवा पुस्ताले चासो नदिने र नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेरेका कारण यो प्रचलन बिस्तारै हराउँदै गएको बेँसीसहर नगरपालिका-११ चितीका धनबहादुर परियारको अनुभव छ । ‘अहिलेका ठिटाहरू बाजा बजाउनै लाज मान्छन् । नगरा लगाउनेलाई समाजले खासै राम्रो पनि मान्दैन ।’

दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नगरा लगाएको घरमा सुखशान्ति, समृद्धि छाउने जनविश्वास छ । 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : ५५ बजे

क्यान्सर पीडितलाई पाँच लाख रुपैयाँ हस्तान्तरण

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित

एमाले महाधिवेशन प्रतिनिधि परिषद बैठक जारी रहने

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

हेडको आक्रामक ब्याटिङले चम्किदै हैदरावाद : दिल्ली ६७ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ९ गते आइतबार सन्