अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने « Khabarhub

अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ ।

 आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक एडभान्स क्लब मानेभञ्ज्याङका अध्यक्ष ईश्वर घिमिरेले पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सङ्खुवासभा जिल्लामा ठूलो खेल महोत्सवका रूपमा गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिए ।

सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड प्रतियोगिता हुने भएको हो । पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय आमन्त्रण गरी सञ्चालन गर्न लागिएको गोल्डकप प्रतियोगितामा एभिनियर फुटबल क्लब क्यामरुन, आमुक्त फुटबल परिवार वेष्ट बङ्गाल भारत, भोजपुर, धनकुटालगायत जिल्लाका क्लबको सहभागिता रहने जानकारी दिए ।

विजयी टिमलाई तीन लाख, कप। मेडलले सम्मान गरिने छ भने उपविजेतालाई दुई लाखसहित कप मेडलले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । 

फुटबल प्रतियोगितामा करिब रु ३७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : १२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल