प्रचण्ड गोरखा जाने भएपछि रेणुको प्रतिक्रिया : चितवनबासीका लागि दुर्भाग्य | Khabarhub Khabarhub

प्रचण्ड गोरखा जाने भएपछि रेणुको प्रतिक्रिया : चितवनबासीका लागि दुर्भाग्य


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रचण्डले चितवन छाड्ने भएपछि उनकी पुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले यसलाई दुर्भाग्यपूर्ण भनेकी छन्। प्रचण्डको चुनावी कमान्डरसमेत तोकिएकी रेणुले प्रचण्डलाई गोरखा लैजाने निर्णय चितवनबासीका लागि दुर्भाग्य भएको बताएकी छन्।

‘दुखद चितवनवासीका लागी दुर्भाग्य स्तब्ध,भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागार गर्नेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : ५३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका