विश्वकपको अवधिमा नेपाली दूतावास चार घण्टा मात्र खुल्ने « Khabarhub

विश्वकपको अवधिमा नेपाली दूतावास चार घण्टा मात्र खुल्ने


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोहा – आगामी नोभेम्बर २० मा सुरु हुने कतार विश्वकप-२०२२ को अवधिमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ ।

कतार सरकारको मन्त्रीपरिषद्ले गरेको सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तनसम्बन्धि निर्णयलाई ध्यानमा राख्दै कार्यालयको समयावधि घटाइएको दूतावासले जनाएको छ ।

एक सूचनामार्फत नोभेम्बर १३ देखि १९  डिसेम्बरसम्म स्थानीय समयअनुसार बिहान ७ देखि ११ बजेसम्म मात्र दूतावास खुला रहने जनाइएको छ ।

अत्यावश्यक काम, जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासको ४४६७५६८१ र ४४६७५६८३ नम्बरमा दिउँसो २ बजेसम्म सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । २० डिसेम्बरदेखि दूतावास पूर्ववत् नियमित कार्यालय समयअनुसार खुला रहने सूचनामा उल्लेख छ ।

कतारले आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन कार्यालय समयावधि घटाएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ०३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको