देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने « Khabarhub

देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

भरतपुर – देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ। वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो।

देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा गण्डकी परिक्रमा गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी दिए। सो कार्यक्रममा एक हजार बढीको सहभागिता रहने उजले बताए। गत वर्षदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।

आज बिहान तनहुँतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर)को परिक्रमा गर्ने कार्यक्रम रहेको अध्यक्ष अधिकारीले बताए। त्यस्तै चितवनतर्फ देवघाट बसपार्क (सङ्कल्पेश्वर हनुमान मन्दिर), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर)को परिक्रमा गरिने छ।

नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, श्रीमद्रामानुज आश्रम, दिव्यधाम मन्दिर, बेसक्याक्प र केलादी क्षेत्रको परिक्रमा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो बताए। उक्त कार्यक्रमअन्तर्गत देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली मन्दिर दर्शन, धार्मिक पर्यटनको प्रवद्र्धन, पवित्र देव नदीको पुजन, नारायणगढ क्षेत्रको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको कार्यक्रम छ। आजबिहान ७ बजे देवघाट वेणीसङ्गमदेखि सुरु हुने कार्यक्रम दिउँसो २ बजे मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा समापन गरिनेछ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए। पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गम रहेको देवघाटको वेणी सङ्गममा माघे सङ्क्रान्ति, बोलबम मेलालगायतका मेला महोत्सव हुने गर्दछ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ११ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न