कांग्रेसका वडा सभापतिसहित ६३ जना एमालेमा प्रवेश « Khabarhub

कांग्रेसका वडा सभापतिसहित ६३ जना एमालेमा प्रवेश


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन्।

आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, अग्रज नेता महेश्वर राई, वडा कार्यसमिति सदस्य सुनिल राई, म्यानबहादुर भुजेल, ओम राई, राजकुमार राई, रिजित राई, किरण राईलगायतको टोली एमाले प्रवेश गरेका हुन्।

पार्टी परित्यागको घोषणा गरेको केही समयपछि कांग्रेस नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन्। कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण उनीहरूले पार्टी परित्याग गरेका हुन्। कांग्रेस नेता तथा कार्यकर्तासँगै जसपा खोटाङका जिल्ला सदस्य किशोरचन्द्र राई र जसपाका नेता साजन राई पनि एमाले प्रवेश गरेका छन्।

नवप्रवेशीलाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवं खोटाङ जिल्ला सह-इन्चार्ज उषाकला राई, एमाले खोटाङका अध्यक्ष एवं प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगाल, उपसचिव दीपनारायण रिजाललगायतले खादा र माला ओढाएर स्वागत गरेका थिए।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : २० बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।