भैली खेलेर जम्मा भएको रकमले गाउँमा उज्यालो « Khabarhub

भैली खेलेर जम्मा भएको रकमले गाउँमा उज्यालो


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके जिल्ला खजुरा गाउँपालिका–३ स्थित न्यू बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ । क्लबको अगुवाइमा खेलिएको देउसी भैलोबाट संकलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो । 

रातको समयमा अन्धकार हुने खजुरा–३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीवासीले बताए । स्थानीय नारायण थापाका अनुसार रमाइलोका लागि खेलिएको  भैलीको रकमबाट सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान गर्दा रकमको सदुपयोग हुनाका साथै सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको छ । 

खेलकुदसँगै गाउँघरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएकामा  गाउँमा रातको समयमा हिँड्डुल गर्दा समस्या भएपछि बत्ती बाल्नैका लागि भैली कार्यक्रम आयोजना गरिएको  क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए । बत्ती जडानमा रु ७५ हजारभन्दा बढी खर्च भएको क्लबले जनाएको छ ।  

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ३२ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले