चितवनका दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने | Khabarhub Khabarhub

चितवनका दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी  मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र मालपोत कार्यालयमा कर्मचारीका लागि केन्द्र राख्न लागिएको हो ।

कारागार कार्यालय चितवनमा रहेका एक सय दुई जना कैदीबन्दीले मतदान गर्दै छन् । कारागार कार्यालयमा रहेका सात सय ९५ जना कैदी बन्दीमध्ये अन्तिम मतदाता नामावलीमा नाम रहेका उनीहरूले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार उनीहरूले कारागार कार्यालयमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा मतदान गर्ने उनले जानकारी दिए । 

यस्तै कर्मचारीलाई मतदान गर्नका लागि मालपोत कार्यालयमा पनि आस्थायी मतदान केन्द्र राखिने भएको छ । जिल्लामा रहेर निर्वाचनमा खटिएका कर्मचारी र अस्थायी मतदाताका लागि सो मतदान केन्द्र राख्ने तयारी गरिएको हो । मतदान केन्द्रमा एक हजार पाँच सय ४४ जना मतदाताले मतदान गर्ने छन् ।

 नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारीले सो मतदान केन्द्रबाट मत हाल्ने छन् । यहाँ राखिएको मतदान केन्द्रबाटसमेत प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको मतदान हुने कार्कीले बताए । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा चार लाख आठ हजार तीन सय ४२ मतदाताले सहभागिता जनाउन लागेका छन् ।

जसमध्ये दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना रहेको कार्कीले जानकारी दिए । कार्कीका अनुसार एक सय ६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदै छ । जिल्लाको क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ जना मतदाताले ४३ मतदानस्थलमा रहेका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

 यस्तै चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई ८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताए। जिल्लामा एक जना तेस्रो लिङ्गी मतदातालेसमेत निर्वाचनमा सहभागिता जनाउने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ४० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं