सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–६ बिस्नापुरस्थित सडकमा ना.८ ख.१३८१ नम्बरको ट्रकले बा.८६ प ३४८७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका नवलपुर बस्ने २१ वर्षीय अभिषेक चौधरी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।     

मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकमा बा.५ ख ७९४३ नम्बरको बसले बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाको मिथिला नगरपालिका–९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्रयाक्टरमा बिआर ०३ जे २६६७ नम्बरको कार ठोक्किई आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कारमा सवार सर्लाही कबिलासी नगरपालिका-१० कल्यानपुर बस्ने २५ वर्षीय राजेश राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर तथा कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १२ : ५३ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले