पदमार्ग जोगाउन स्थानीयवासीको माग | Khabarhub Khabarhub

पदमार्ग जोगाउन स्थानीयवासीको माग


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ को सिदिङबाट मर्दी हिमाल पदयात्रा सुरु हुन्छ । छोटो अवधिमा पदयात्राको उत्कृष्ट आनन्द लिन सकिने भएकाले यस पदयात्रा विश्वमा नै प्रख्यात मानिन्छ । पर्यटनमा आश्रित हुँदै गएका यस क्षेत्रका स्थानीयलाई भने पदमार्ग कसरी जोगाउने भन्ने चिन्ता छ । धेरै पदमार्गहरु सडक विस्तारले हराउँदै गएको सुनेका  स्थानीयवासी मर्दी पदयात्रालाई जोगाई राख्न चाहन्छन् । उनीहरु मर्दी क्षेत्रमा बढेको अव्यवस्थित बसोबासलाई समेत नियन्त्रण गरी पर्यटकीय आकर्षण कायमै राख्नुपर्ने माग गरेका छन् । 

पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत् लगायतका समस्या छन् । होटलहरु खुल्ने क्रम बढे पनि व्यवस्थित छैनन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सिदिङका प्रज्वल क्षेत्रीले बर्सेनि हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई सरकारले व्यवस्थित गरी पदमार्ग जोगाउन माग गरे ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी अभियानमा सिदिङ पुगेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उनले मर्दी पदमार्गका समस्या सुनाए । ‘अब यहाँभन्दा माथि मोटरबाटो खन्ने काम रोकेर सरकारले मर्दी पदयात्रालाई जोगाउनु पर्दछ’, क्षेत्रीले भने, ‘केन्द्रीय विद्युत् अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ । सरकारले व्यवस्थित गरेर पर्यटकलाई सुविधा दिनुपर्दछ ।’

मर्दी पदयात्रा माछापुच्छ्रेको सिदिङसहित धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट समेत सुरु गर्न सकिन्छ । सुन्दर हिमशृङ्खलाको दृश्यावलोकनसहित लालीगुँरासको सुन्दरतामा रमाउँदै पर्यटकले पदयात्रा गर्ने गर्दछन् । पर्यटकहरू पदयात्रा गर्दै चार हजार पाँच सय मिटर उचाइको मर्दी हिमालको आधार शिविरसम्म पर्यटक पुग्छन् । 

पदयात्रामा होटलहरु खुलेका छन् । तर, विद्युत्, खानेपानी लगायतका समस्या छन् । चुनावी अभियानमा आएका उम्मेदवारलाई स्थानीयवासीले यहाँका समस्या सुनाउँदै समाधानको माग गर्ने गर्दछन् । 

माछापुच्छ्रे गाउँपालिका–८ कोलेलीका गणेश आचार्यले मर्दी हिमाल र माछापुच्छ्रे नमूना पदमार्गको विकासमा सरकारको ध्यान नपुगेको बताए । बर्सेनि पर्यटक बढिरहेकाले पर्यटकीय पूर्वाधार थप गर्दै जानुपर्ने उनको माग छ । 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : १४ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले