नागरिकता बनाउन र भोट हाल्न आतुर राउटे | Khabarhub Khabarhub

सँधै ओझेलमा आदिवासी मतदाता

नागरिकता बनाउन र भोट हाल्न आतुर राउटे

राज्य र राजनीतिक दलहरुको प्राथमिकतामै छैनन् राउटे बस्ती



सुर्खेत : यति बेला गाउँ सहरका कुना काप्चामा मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा रौनक बढ्दो छ । युवा देखि वृद्धसम्म सबैलाई चुनाव लागेको छ । केन्द्र र प्रदेशमा बसेका नेता कार्यकर्ता आफ्नो कार्यक्षेत्रतर्फ केन्द्रित भएका छन् । सिङ्गो देश नै चुनावमय बनेको छ ।

सडक, घर र विभिन्न ठाउँमा भित्तालाई पनि चुनाव लागेको छ । तर, यता लामो समयदेखि जंगलमा फिरन्ते जीवन बिताउदै आएको राउटे समुदायलाई भने चुनावको रौनकताले छोएको छैन ।

न त उनीहरुसँग मतदाता नामावली नै छ न त कुनै नागरिकता । उनीहरु चुनावी माहोलबारे अनविज्ञ छन् । उनीहरुलाई कस्लाई जिताउने कस्लाई हराउने भन्ने कुनै चिन्ता छैन ।

यो समुदायलाई समुदायलाई नत गएको स्थानीय तहको चुनावले छोयो नत मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावले नै छोएको छ । नेतृत्व गर्ने नेताहरुबारे पनि उनीहरु अनविज्ञ छन् । कुनै उम्मेदवारलाई चिन्दैनन् । दैलेखको नारायण नगरपालिका –८ लोहोरा सालखर्क नजिक बसोबास छ । यस अघि भगवतीमाइ गाउँपालिकामा बसोबास रहेको थियो ।

उनीहरुको बासोबास आसपास चुनावी रौनक उत्साहपुर्ण रुपमा विभिन्न दलका नेता कार्यकर्ता आउछन् जान्छन् । तर उनीहरुको बस्ति भने सुनसान छ । नत कसैलाई जिताउने चिन्ता छ नत कसैलाई हराउने चिन्ता छ बेल्कुल सुनसान ।

उनीहरु आफ्नै तालमा मस्त छन् । नत उनीहरुलाई कस्लाई भोट हालौँला भन्ने चिन्ता छ । नत कस्ले जिते कस्को सरकार आए देश विकास गर्ला भन्ने चिन्ता छ । जस्ले जिते पनि आफुहरुलाई साँझबिहान खान पाए पुग्ने उनीहरु बताउँछन् ।

केही समय अघिसम्म चुनावको ‘च’ समेत थाह नपाउने उनीहरु अन्य जातीका मानिसहरुको बस्ति आसपास बस्न थाले पछि चुनावको बारेमा थाह पाउनेसम्म भएका छन् । आफुहरुलाई चुनावको बारेमा थाह भएतापनि आफुहरुसँग नागरिकता नभएकोले भोट हाल्न नमिल्ने ४८ वर्षिय राउटे मुखिया सुर्य नारायण शाही बताउँछन् ।

चुनावमा भोट हाल्नुपर्छ भन्ने थाह छ,’ उनले भने, ‘भोट हाल्नलाई नागरिकता चाहिन्छ त्यो हामीसँग छैन ।’ चुनावबारे उनीहरु बेखबर छन् । जंगलमै फिरन्ते जीवन बिताउन रुचाउने यो समुदाय समय परिर्वतनसँगै अन्य जातिका मानिसहरुको आसपासमा बस्दै आए पनि चुनाव बारे भने बेखबर रहेका छन् ।

‘नागरिकता बनाउन र भोट हाल्न तयार छौँ’
कुनै समय मानिसको नजिक बस्न नरुचाउने, पैसा छोए पाप लाग्छ, नागरिक्ता बनाए अशुभ हुन्छ भन्ने राउटे समुदाय पछिल्लो समय परिर्वतन हुँदै आएको छ । उनीहरुसँग नत नागरिक्ता नै छ न त मतदाता नामावलि छ ।

राउटेहरु नागरिक्ता बनाउन र आफ्नो मताधिकार प्रयोग गर्न तयार भएता पनि यसतर्फ सरकारले चासो देखाएको छैन । आफुहरुलाई सरकारले भोट हाल्ने व्यवस्था गरे आफुहरु पनि भोट हाल्न तयार रहेको राउटे मुखिया सुर्यनारायण शाही बताउँछन् । चुनाव भन्ने के हो पछिल्लो समय बुझ्नै आएका छौँ,’उनले भने, ‘यदि सरकारले भोट हाल्ने व्यवस्था गरेमा हामी आफ्नो भोट हाल्न र नागरिक्ता बनाउन तयार छौँ ।’

नारायण नगरपालिका ८ लोहोरा सालखर्कमा बसोबास गर्दै आएका उनीहरुको ४० घरधुरी छ । उनीहरुकोे ६८ पुरुष, ७५ महिला गरेर १४३ परिवार संख्या रहेको छ । पुरुष भन्दा महिलाको संख्या धेरै छ ।

चुनाव आयो भोट कस्लाई हाल्नुहुन्छ ? नागरिक्ता छ कि छैन ? भन्ने हाम्रो प्रश्नमा उनले ‘नागरिक्ता छैन हामीलाई तपाइको नागरिक्ता भए पुग्छ । पुर्खा देखि कसैलाई भोट पनि हालेको छैन । जस्ले जित्छ हाम्रो लागि त्यही ठुलो हो’ मुखिया सुर्य नारायण शाहीले भने ।

तपाईहरुलाई भोट हाल्ने व्यवस्था गरे भोट हाल्नुहुन्छ ? सुर्यनाराण्को उत्तर थियो ‘भन्ने प्रश्नमा सरकारले भोट हाल्ने व्यवस्था मिलाए हामी भोट हाल्न तयार छौँ एकपटक सबैसँग सल्लाह गर्नुपर्छ ।’

तपाईहरुको नागरिक्ता छैन नागरिक्ता बनाउन मान्नुहुन्छ ? भन्ने प्रश्नमा राउटे मुखिया शाहीले ‘हामीलाई लाउने खाने कुनै कुराको पनि अपुग हुनुहुँदैन हामी नागरिक्ता बनाउन पनि तयार छौँ । नागरिकक्ता बनाएपश्चात् हामी राख्दैनौँ घरमा अशुभ हुन्छ नागरिक्ता तपाईहरुले नै राख्दिनपर्छ ।’

जंगलमा फिरन्ते जीवन बिताउदै आए पनि आफुहरु नेपालको नागरिक भएको अर्का दिपक शाही बताउँछन् । हामी जंगलमा नै रमाउदै आएका छौँ हामीलाई घर घडेरी चाहिदैन,’उनले भने, ‘हामीलाई साँझबिहान दाल चामल तरकारी र भत्ता आए पुग्छ ।’

पहिले चुनावबारे अनविज्ञ भएका राउटे चुनाव के कस्तो हो सम्म भन्ने कुरा थाह पाएको सामाजिक सेवा केन्द्र सोसेककी जोडी शिक्षक लाल बहादुर खत्रीको भनाई छ । पहिले पहिले केही थाह थिएन चुनावबारे अनविज्ञ नै थिए,’उनले भनिन्, ‘जब जोडी शिक्षक बनाएर पढाउन थाल्यौँ तब केही जान्ने भएका छन् । अहिले १५ जनालाई आफ्नो नामसम्म लेख्न आउछ ।’

राउटे समुदाय फिरन्ते जाती भएको र उनीहरुको स्थाई बसोबास नभएकाले नेपालको जुनसुकै ठाउँबाट नागरिक्ता बनाउन मिल्ने र निर्वाचन आयोगमा प्रक्रिया पु¥याएको खण्डमा भोट हाल्न पनि पाउने जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।

निर्वाचनमा सहभागी हुनको लागि पहिलो कुरा नागरिक्ता बनाउनुप¥यो,’ उनले भने, ‘नागरिक्तापश्चात् निर्वाचन आयोगमा नामावली दर्ता हुनुपर्छ । उहाँहरु नागरिक्ता बनाउन र भोट हाल्न इच्छुक भए नागरिक्ता बनाउन हामी तयार छौँ ।’

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : ५२ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न