सोमाली सुरक्षा फौजको कारवाहीमा २१ अल शबाब लडाकु मारिए « Khabarhub

सोमाली सुरक्षा फौजको कारवाहीमा २१ अल शबाब लडाकु मारिए


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियाको राष्ट्रिय जासुसी एवम् सुरक्षा एजेन्सी (निसा) ले मुलुकको मध्य भागमा गरेको कारवाहीमा लडाकु समूह अल शबाबका २१ लडाकु मारिएका छन् ।

कारवाहीमा अरु दर्जनौँ लडाकु घाइते भएका छन् । स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको योजनाबारे गुप्तचर निकायले पूर्वसूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारवाही गरिएको सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

सोमाली सेनाले गरेको कारवाहीका क्रममा गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो आतंककारीहरूका लागि ठूलो प्रहार हो र यसको अर्थ राष्ट्रिय सेनाले चार दिनभित्र अल–शबाबका करिब २०० सदस्यहरूलाई मारेको छ ।’’

मन्त्रालयले अल–शबाब लडाकुहरुलाई परास्त गर्न सामूहिक संकल्पको महत्त्वलाई स्वीकार गरेकोमा सोमाली जनताप्रति कृतज्ञता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : १७ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा