घनश्याम भुसालको चुनावी प्रतिबद्धता सार्वजनिक  « Khabarhub

घनश्याम भुसालको चुनावी प्रतिबद्धता सार्वजनिक 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल– सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोवासी र भूमिहीनहरूको समस्या सधैँका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवं आधुनिक सडक सञ्जालबाट जोडिने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ ।

युवाहरूलाई सीपमूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार भुसालले प्रतिबद्धतापत्रमा भनिएका र सुरु गरेका विकास योजना कार्यान्वयनमा प्रतिबद्ध हुने बताए । आफ्नो प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उनले जानकारी दिए 

प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवलाई सँगै राखेर भुसालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यवसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधन गरी १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ ।

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालन गर्ने र क्षेत्रगत प्राविधिक शिक्षा सुरु गर्ने र स्कुल तथा क्याम्पसको स्तरोन्नति गर्ने भनिएको छ । स्वस्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने भनिएको छ । पर्यटनतर्फ देवदहको उत्खनन गरी बुद्ध मावलीलाई अन्तर्राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : ०७ बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।