आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका छन् । 

काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार रहेका पोखरेलले सोमबार घर दैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले एमालेले उठाएका विषयहरू जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका हुन् ।

उनले एमालेले उठाएका विषयहरूलाई साकार पार्नका लागि जनताको साथ र समर्थन एमालेले पाउने जिकिर गरे । निर्वाचनमा गठबन्धनका तर्फबाट फैलाइएका त्रासहरू च्यातिसकेकाे उनको भनाई छ । पोखरेलले एमालेले उठाएका राजनीतिक स्थायित्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक विकास र समृद्धि लगायतका मुद्दाहरूलाई स्थापित गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ ५ मा नेकपा एमालेकातर्फ बाट ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् ।

यसअघि विसं २०७४ निर्वाचनमा एमालेका उम्मेदवार ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महत बिच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ४६ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको