संविधानको रक्षाका लागि गठबन्धन : प्रवक्ता महत « Khabarhub

संविधानको रक्षाका लागि गठबन्धन : प्रवक्ता महत


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन्। संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले नेकपाले आफ्नै पार्टीलाई पनि जोडेर राख्न नसकेकाले देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताए । 

उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानमार्फत अघि बढ्ने बताए ।

नेपाली कांग्रेसको नेतृत्व सहिष्णु रहेको र काम बढी कुरा कम गर्ने भएकाले नै नेपाली जनताले सत्तामा चाहेका स्पष्ट गर्दै आगामी निर्वाचनपश्चात् पनि देशमा कांग्रेसकै नेतृत्वमा यही गठबन्धनको सरकार बन्ने दाबी उनले गरे । प्रवक्ता डा महतले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेको अवरोधका कारण लागू गर्न नसकेको पनि स्पष्ट गरे । 

प्रवक्ता डा महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले सुधार गरेर समानताको आधारमा सन्तुलित बनाएको बताए । प्रवक्ता महतले भने, ‘विगतका सरकारले देशमा स्थिरता कायम गर्न सकेनन्, मङ्सिर ४ पछि बन्ने गठबन्धन सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्छ ।’

‘मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ । काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन । देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ’, उनले भने । 

कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार आफूहरूले काम गर्ने प्रवक्ता महतको दाबी थियो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारसहितका कांग्रेसका जिल्ला नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५६ बजे

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर