लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग  « Khabarhub

लुम्बिनी प्रदेश सरकारकी पूर्वमन्त्री पाण्डेद्वारा लोसपा परित्याग 


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनी प्रदेश सरकारकी पूर्व उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले लोसपा परित्याग गरि तीनदलिय तालमेललाई समर्थन गर्ने बताएकी छन् ।

भैरहवामा पत्रकार सम्मेलन गर्दे पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रुपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी सुधा पार्टी परित्याग गरेको बताइन् । 

लोसपा पार्टी परित्याग गरी उनीसहित उनका समर्थकले स्वतन्त्र रुपमा रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरासहित तीन दलीय तालमेललाई समर्थन गरेका हुन् ।

तालमेललाई समर्थन गर्ने निर्णय लिएकी लोकतान्त्रिक समाजवादी पार्टीकी प्रदेश सचिवालय सदस्यसमेत रहेकी पाण्डेलाई सोमबार राप्रपाका वरिष्ठ नेता पूर्वमन्त्री तथा रूपन्देही क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपक बोहरा तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले माला र खादा लगाई स्वागत गरेका थिए ।

पाण्डेले प्रदेश सरकारमा रहेर शिक्षा तथा सामाजिक विकास मन्त्रालयसमेत सम्हालेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा)  महन्त ठाकुर पक्षबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सदस्य बनेकी पाण्डे वैशाख ६ गते पहिलो पटक र वैशाख १९ गते दोस्रो पटक मन्त्रीमा नियुक्त भएकी थिइन् ।

पार्टी परित्याग गरेकी पाण्डेले साम्प्रदायिकव्यक्ति केन्द्रित राजनीतिबाट टाढा रहि राष्ट्र र राष्ट्रियताको पक्षमा सधैँ रहने बताइन् । कुनै क्षेत्र समुदाय र व्यक्ति केन्द्रितबाट मुक्त भई आम नागरिकको हकहितमा लाग्ने उनले बताइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ३१ बजे

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले