फिल्ममार्फत कला–संस्कृति प्रवद्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

फिल्ममार्फत कला–संस्कृति प्रवद्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक गर्नुभएको छ । सो अवसरमा उहाँले गीतसङ्गीतमार्फत पर्यटनलाई प्रवद्र्धन गर्न आग्रह गरे ।

‘यो भिडियोमा खिचिएको दृश्य आकर्षक छन् । यसले पर्यटन बढाउन मदत गर्ने विश्वास छ’, मन्त्री श्रेष्ठले भने, ‘युवापुस्ताले नेपाली पर्यटनसँगै कला, संस्कृतिलाई आफ्नो माध्यमबाट अगाडि बढाउनुपर्छ । यहिँ कारण चुनावी चटारोकैबीच कार्यक्रममा सहभागी भएको हुँ ।’

अभिनेता राजेश हमालले गीतको भिडियोविना सम्झौता निर्माण गरिएको भन्दै प्रशंसा गरे ।

गायनमा गायक विकलाई समीक्षा अधिकारीले साथ दिनुभएको छ । यसमा श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विकको एरेञ्ज र सङ्गीत रहेको छ । भिडियोमा सामान्य युवा र राजकुमारी बीचको प्रेमलाई देखाइएको छ । भिडियोमा बोनिका कार्की एण्ड रित खड्काको कस्ट्युम डिजाइन, मनोज श्रेष्ठको भिएफएक्स, रेनिश फागोको रङ संयोजन, कविराज गहतराजको नृत्य निर्देशन, संजय लामाको छायाङ्कन, बनिश शाहको सम्पादन र जीबी आग्रीको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २४ बजे

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको

कांग्रेसको असन्तुष्ट समूहले खोल्यो छुट्टै कार्यालय

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर असन्तुष्ट समूहले छुट्टै केन्द्रीय कार्यालय

कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त

काठमाडौं– कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी नियुक्त भएका

निःशुल्क स्वास्थ्य पोर्टलबाट २२ सय बढी बिरामीले पाए सेवा

काठमाडौं-सरकारले सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार

नेप्सेका सिईओ चापागाईँले दिए राजीनामा

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ)