एपीएफ बेलबारी गोल्डकपको फाइनलमा « Khabarhub

एपीएफ बेलबारी गोल्डकपको फाइनलमा


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मोरङ – एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आयोजकलाई रोक्दै साविकको उपविजेता एपीएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ । अब एपीएफले धनकुटाको राजारानी फुटबल क्लब र सिरहाको सहलेस युथ क्लबबीच हुने सेमीफाइनलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपीएफले दुवै गोल मध्यान्तरपछि मात्रै गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको आयोजकले दुवै गोल मध्यान्तरपछि खाएको थियो । आकर्षक खेल प्रदर्शन गरेको एपीएफका लागि कप्तान टोप विष्टले ४९औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए । एक गोलले पछि परेको आयोजकले खेलमा सम्हाल्न नसक्दा अर्को गोल खान पुग्यो । खेलको ६५औँ मिनेटमा नवीन लामाले गोल गर्दै अग्रता दोब्बर पारे ।

आयोजकका लागि आशिम राईले ७२औँ मिनेटमा गोल गरे पनि खेलमा फर्कन सकेन । करिब ३५ यार्ड टाढाबाट उनले गरेको प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एपीएफका गोलरक्षक राजु नगरकोटी अलमलमा परे । आयोजकले खेलको ४२औँ मिनेटमा अग्रता लिने अवसर पाए पनि स्कोर गर्न सकेन । मौसम लिम्बूले गरेको प्रहारलाई एपीएफका गोलरक्षक नगरकोटीले उत्कृष्ट ढङ्गले बचाउ गर्दै टिमको सङ्कट टारेका थिए ।

पहिलो सेमिफाइनल खेलको म्यान अफ दी म्याच एपीएफका कप्तान टोप विष्ट घोषित भए । उनले पुरस्कार वापत रु पाँच हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरेर १० वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताउनुभयो । राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५र१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ५७ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा