स्वीट्जरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा | Khabarhub Khabarhub

स्वीट्जरल्यान्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा

रामोसको ह्याट्रिक


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वीट्जरल्यान्डलाई भारी गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति लुसिल स्टेडियममा स्वीट्जरल्यान्डलाई ६–१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । थप गोल पेपे, राफायल गुइरेरो र राफायल लियो गरेका थिए । स्वीट्जरल्यान्डका मानुएल एकान्जीले सान्तवना गोल फर्काए ।

खेलको १७ औं मिनेटमा रामोसले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ मिनेटमा पेपेले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको सुरुवाती अवस्था अर्थात् खेलको ५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरे भने
५५ औं मिनेटमा राफायलले गोल गर्दै खेलमा ४ शून्यको अग्रता बनाए ।

स्वीट्जरल्यान्डका लागि खेलको ५८ औं मिनेटमा एकान्जीले शान्तवना गोल गरेका हुन् । तर, त्यसको १० मिनेटमा गोल गर्दै रामोसले ह्याट्रिक पूरा गरे ।

पोर्चुगलका लागि इन्जुरी समयमा लियोले गोल गर्दै ६–१ को शानदार जित निश्चित गरेका हुन् । पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । गएराति नै भएको खेलमा स्पेनलाई पराजित गर्दै मोरक्को अन्तिम आठमा पुगिसकेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : १० बजे

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर

पूर्वाधार विकाससहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।