बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते  « Khabarhub

बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते 


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया  काली पातलीको अवस्था गम्भीर रहेको छ। उनले भने, ‘उपचारका लागि डडेलधुरा लगिएको छ। उनीहरुको अवस्था गम्भीर छ। दुई जना सामान्य छन्।’ घाइतेलाई उपचारका लागि डडेलधुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए।

बुधबार बिहान बझाङबाट डडेलधुरा जाँदै गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया- ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो। जिप सडकबाट करिब सय मिटर तल खसेको हो।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १२ : २६ बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम