छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना « Khabarhub

 छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । स्थानीय किसानले खेतबारी नै नष्ट हुन थालेपछि सो क्षेत्रका छाडा पशु एकत्रित गरेर नगरपालिका कार्यालय परिसरमा हुलेपछि विवाद सिर्जना भएको हो ।

बेदकोट–६ मा रहेको गौशालामा व्यवस्थापन नगरेर छाडा छाडिएको भन्दै तीन दिनदेखि स्थानीय आन्दोलित छन् । कञ्चनपुरका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाको राजमार्ग क्षेत्रमा छाडा पशु व्यवस्थापन नहुँदा नै सडक दुर्घटना पनि बढिरेहको छ । यहाँका पालिकले पशु व्यवस्थापनका लागि करोडौँ रकम खर्च गरे पनि दिगो व्यवस्थापन हुनसकेको छैन् ।

त्यसैगरी पशु व्यवस्थापन विवाद भइरहेका बेला बेदकोट–३ उत्तरी चुरे क्षेत्रमा केही चौपाया गाडिएको अवस्थामा भेटिएपछि उक्त विवाद थप पेचिलो बन्दै गइरहेको छ । आज पनि गौसंरक्षण क्षेत्रमा सक्रिय विभिन्न सङ्घ-सङ्गठनले नगरपालिका कार्यालय अगाडि विरोध गरिरहेका छन् ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बेदकोटमा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विरोध भइरहेको र सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताए।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ३१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका