प्रधानमन्त्री देउवा बिहीबार धनगढी आउँदै « Khabarhub

प्रधानमन्त्री देउवा बिहीबार धनगढी आउँदै


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार धनगढी आउने भएका छन् । मंसिर-४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् ।

धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । धनगढी-१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताए । 

कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । जसको प्राथमिकतामा धनगढीमास्तरीय प्रदर्शनी स्थल निर्माण गरिनुपर्ने माग रहने अध्यक्ष कुँवरले बताए । त्यसबाहेक सुदूरपश्चिममा औद्योगिक स्थल निर्माण गरिनु पर्ने भारतसँग जोडिएको गौरिफण्टा नाकाको स्तर उन्नति गरिनु पर्ने, धनगढी विमान स्थलको स्तर उन्नति गरिनुपर्ने लगायत माग रहेका छन् ।

१६औं संस्करणमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा ४ सय स्टल राखिएका छन् । महोत्सव तयारीमा दुई करोड खर्च लाग्ने अनुमान गरेको उद्योग वाणिज्य संघले महोत्सव अवधिभर ५ देखि ७ करोडको कारोबार हुने अनुमान गरेको छ ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० रुपैयाँ निर्धारण गरिएको छ, भने साधार नागरिकलाई एक सय रुपैयाँ टिकट निर्धारण गरिएको छ । तर जेष्ठ नागरिक र फरक क्षेमता भएका व्यक्तिलाई भने निःशुल्क रुपमा महोत्सव अवलोकन गर्न दिइने अध्यक्ष कुँवरले बताए । 

त्यसैगरी पत्रकार र सञ्चारकर्मीलाई सञ्चार गृहले जारी गरेको परिचय पत्रका आधारमा महोत्सव स्थलमा निःशुल्क रुपमा प्रवेश गर्न दिइने अध्यक्ष कुँवरले बताए । महोत्सव पुष २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ५८ बजे

सरकारी अस्पतालमा नर्सिङ जनशक्तिको चरम संकट : बिदा र भत्तामा समेत हुन्छ विभेद

काठमाडौँ- सरकारले सरकारी कर्मचारीका लागि साताको दुई दिन बिदा लागू

जलस्रोतसम्बन्धी नयाँ कानुन ल्याउने सरकारको तयारी

काठमाडौँ– जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी

तालतलैयाको बक्यौता नतिर्नेको सेवासुविधा रोकियो

कैलाली– कैलालीको भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको

लालीबजार : पुस्तेनी देहव्यापारमा अक्षरको चेतना

काठमाडौं- सुरुमै ‘लालीबजार’ हलभन्दा पहिला अदालतमा पुगेको विषयमा छोटो टिप्पणी- पीडकलाई

धवलागिरिमा मानव पाइला परेको ६६ वर्ष, सात सय जनाभन्दा बढीबाट आरोहण

म्याग्दी– धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा