मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता | Khabarhub Khabarhub

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थामाझ सम्झौता भएको छ । केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटामाझ त्रिपक्षीय सम्झौता भएको हो । 

अस्पतालको सेवा विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश सरकारको सहयोगमा मिर्गौला प्रत्यारोपण सुरु गर्न लागिएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज भएको सम्झौतासँगै केन्द्र स्थापनाको कार्य तीव्रगतिमा अगाडि बढेको बताए । उनले हेटौँडा अस्पतालको विकासमा प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले हेटौँडा अस्पतालमा सेवा विस्तार भएपछि धेरैलाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे । मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड बजेट छुट्याएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : २६ बजे

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही