लैङ्गिक हिंसा रोक्न सामाजिक जागरणमा लाग्नुपर्छ : मन्त्री रेग्मी | Khabarhub Khabarhub

लैङ्गिक हिंसा रोक्न सामाजिक जागरणमा लाग्नुपर्छ : मन्त्री रेग्मी


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजलाई जगाउन सकिएन भने लैङ्गिक हिंसा रोक्न नसकिने भएकाले सामाजिक जागरणमा लाग्नुपर्नेमा जोड दिएकी छन् ।

महिला हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला, कानुन र विकास मञ्चलगायतका संस्थाले संयुक्तरुपमा आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाहमा प्रभावकारिता’ विषयक अन्तक्र्रियामा उनले कानुन बनाएर र सरकारले गरेर पनि लैङ्गिक हिंसा रोक्न नसकिएकाले सामाजिक जागरणमै जोड दिनुपर्ने बताईन् ।

“लैङ्गिक हिंसाको कार्यक्रमको स्वरुपमा परिवर्तन गरिनुपर्छ, ३० वर्षसम्म महिलालाई मात्र राखेर कार्यक्रम गरियो, यसले भएन, राजनीतिक दलले जागरणमूलक सन्देश दिनुपर्छ, अबको कार्यक्रम कार्यान्वयन गर्ने दलको पनि सक्रियतामा कार्यक्रम अघि बढाइनुपर्छ”, मन्त्री रेग्मीले भनिन् ।

महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी ८० प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई रु ८० करोड मात्र बजेट विगतका वर्षमा विनियोजन भइरहेकामा चालु आर्थिक वर्षदेखि आफूले रु एक अर्ब ७८ करोड विनियोजनको वातावरण मिलाएको जानकारी पनि उनले गराइन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : ३२ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)