चक्रपथ विस्तारकाे कार्य तत्काल अगाडि बढाउन नेता पौडेलको आग्रह « Khabarhub

चक्रपथ विस्तारकाे कार्य तत्काल अगाडि बढाउन नेता पौडेलको आग्रह


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई चाँडो अगाडि बढाउन आग्रह गरेका छन् । नेता पौडेलले आज काठमाडौँ चक्रपथ सुधार योजना कार्यालयमा पुगेर चक्रपथ विस्तारका सम्बन्धमा भइरहेको कामका बारेमा जानकारी लिनुका साथै उक्त आयोजनालाई चाँडो अगाडि बढाउन आग्रह गरे।

“चक्रपथ बिस्तारको काममा ढिलासुस्ती हुँदा आमनागरिकलाई समस्या परिरहेको छ, छिटोभन्दा छिटो विस्तारको कामलाई अगाडि बढाउनुपर्छ”, उनले भने। नेता पौडेलले विष्णुमति र सामाखुशी खोलामा वर्षात्का समयमा पानी बढी भएर त्यस क्षेत्रमा डुबानको समस्या हुने गरेको भन्दै सडक विस्तारका क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्नुपर्ने बताए ।

काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद पौडेलले स्थानीय समस्याको समाधान गर्दै दोस्रो चरणको कलङ्कीदेखि वसुन्धरासम्मको सडक विस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गरे।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : १७ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको