रुपन्देहीका १ सय ५६ उम्मेदवारको जमानत जफत « Khabarhub

रुपन्देहीका १ सय ५६ उम्मेदवारको जमानत जफत


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रूपन्देही : ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत ल्याएका प्रदेश सभातर्फ ८३ जनाको र प्रतिनिधी सभातर्फ ७३ जना उम्मेदवारको जमानत जफत भएको हो ।

उम्मेदवारी दर्ता गराएर पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेजी भएपछि रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा  प्रकाशन भएको थियो । विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधि सभाका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए भने ११४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।

रुपन्देहीको क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ मा १२, क्षेत्र नम्बर ३ मा २०, क्षेत्र नम्बर ४ मा १० र क्षेत्र नम्बर ५ मा १४ जना उम्मेदवारको जमानत जफत भएको छ । त्यस्तै प्रदेश सभा १ तर्फ क्षेत्र नम्बर १ मा ८, क्षेत्र नम्बर २ मा ९, क्षेत्र नम्बर ३ मा ८ क्षेत्र नम्बर ४ मा ३ र क्षेत्र नम्बर ५ मा १० जनाको जमानत जफत भएको छ भने ।  प्रदेश सभा २ क्षेत्र तर्फ क्षेत्र नम्बर १ मा ११, क्षेत्र नम्बर २ मा ७, क्षेत्र नम्बर ३ मा ८, क्षेत्र नम्बर ४ मा ८ र क्षेत्र नम्बर ५ मा ११ जना गरी प्रदेश सभा तर्फ कुल ८३ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचनले जानकारी दिएको छ ।

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मंसिर ३ गते सम्म १८ वर्ष पुरा भई मताधिकार भएका ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेकोमा ६७ दशमलव ८५ प्रतिशत मतदान भएको थियो । मतदान मध्ये प्रदेश सभा तर्फ ४ लाख ९ हजार ४ सय ९३ वटा सदर मत खसेको थियो भने प्रतिनिधी सभा तर्फ ४ लाख ७ हजार ४ सय ५३ वटा सदर मत खसेको थियो ।

निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको हकमा जमानत जफत हुने गरेको छ । प्रतिस्पर्धी उम्मेदवार मध्ये रुपन्देहीबाट ४७ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही रु. १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले जनही रु. पाँच हजार जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २२ बमोजिम प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौटी दाखिला गरेको रकमको धरौटी जफत हुने व्यवस्था छ ।

रूपन्जदेहीबाट जमानत जोगाउन सफल प्रतिनिधीसभा तर्फका उम्मेदवार
निर्वाचन क्षेत्र नं. १ः छविलाल विश्वकर्मा (एमाले), धनीराम चौधरी (नागरिक उन्मुक्ति), नरेन्द्र बहादुर पछाई (राष्ट्रिय स्वतन्त्र), घनश्याम भुसाल (स्वतन्त्र)
निर्वाचन क्षेत्र नं. २ः विष्णु प्रसाद पौडेल (एमाले), केशब बहादुर थापा मगर (राष्ट्रिय जनमुक्ति), गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र)
निर्वाचन क्षेत्र नं. ३ः    बालकृष्ण खाँण (कांग्रेस), दीपक बोहरा (राप्रपा),
निर्वाचन क्षेत्र नं. ४ः    प्रमोद कुमार यादव (कांग्रेस), सवेन्द्रनाथ शुक्ला(लोसपा), भोपेन्द्र प्रसाद यादव (जनमत)
निर्वाचन क्षेत्र नं. ५ः    बासुदेव घिमिरे (एमाले), भरत कुमार शाह (कांग्रेस), चन्द्रशेखर सोनार (जनमत)

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : २९ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको