हुलाकी सडक निर्माणको माग गर्दै मुसैलीमा चक्काजाम « Khabarhub

हुलाकी सडक निर्माणको माग गर्दै मुसैलीमा चक्काजाम


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा – हुलाकी सडक निर्माणको काम अगाडि बढाउने सहमति भएपछि आज बिहानैदेखि चक्काजाम गरिएको सडक साँझदेखि सञ्चालनमा आएको छ । हुलाकी सडक निर्माणको माग गर्दै मलङ्गवा नगरपालिका–७, मुसैलीका स्थानीयवासीले आज बिहानैदेखि सडक अवरुद्ध गरेका थिए ।

पूर्वसहमतिअनुसार हुलाकी सडकको काम अगाडि नबढाइएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ठेकेदारका प्रतिनिधि र स्थानीयवासीबीच सडकको काम अगाडि बढाउने पुनः सहमति भएपछि सडक सञ्चालन गरिएको स्थानीय सुजित यादवले जानकारी दिए ।

अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको धुलोले हैरान भएको भन्दै स्थानीयवासीले सडकमा टायर बालेर चक्काजाम गरेका थिए । स्थानीयवासीले पटकपटक आवश्वास पाउँदा पनि हुलाकी सडक कालोपत्र नभएकाले बाध्य भएर चक्काजाममा उत्रनुपरेको स्थानीय सन्तोष महतोले बताए।

“हुलाकी सडक निर्माणका लागि केही दिनअघि ‘नो रोड, नो भोट’को नारा लगाउँदै आन्दोलन गरेका थियौँ, मङ्सिर २१ अघि नै सडकको काम अगाडि बढाउने ठेकेदारले सहमति गरेको थियो”, उनले भने, “ठेकेदारले काम पनि अगाडि बढाएन, अनि नेताले भोट लिएर जितेर गयो, हामी जनता धुलोमा छौँ ।”

केही दिनअघि कौडेना बजारका स्थानीयवासीले हुलाकी सडक निर्माणको माग गर्दै ‘नो रोड, नो भोटको’ नारा लगाउँदै चक्काजाम गरेका थिए । चक्काजाम गरिएपछि कौडेना बजार क्षेत्रलगत्तै सडक कालोपत्र गरिएको थियो । तर हुलाकी सडकको अन्य खण्डको कालोपत्र गरिएको छैन । स्थानीयवासीको प्रदर्शनपछि त्यहाँ सडक कालोपत्रको थोरै काम भएको छ । वर्षौंदेखि जरजर अवस्थामा रहेको हुलाकी सडकमा अहिले कुहिरीमण्डल भएर धुलो उड्दा स्थानीयवासी प्रभावित भइरहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ५७ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको