वर्षा र हिमपात सोमबारसम्मै जारी रहने, तराईमा हुस्सु-कुहिरो « Khabarhub

वर्षा र हिमपात सोमबारसम्मै जारी रहने, तराईमा हुस्सु-कुहिरो


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

भोलि आइतबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबार पनि वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा पानी पर्नेछ । लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : २५ बजे

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब