नेपालको रेलको १४ हजार क्ल्पि फेरि चोरिए « Khabarhub

नेपालको रेलको १४ हजार क्ल्पि फेरि चोरिए


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुर्था–जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए ।

रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पति संरक्षण हुन नसक्ने भन्दै उनले चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको जानकारी दिए ।

महाप्रबन्धक झाले रेल चलाउन अझैसम्म लाग्न सक्ने बताए । रेल सञ्चालन सम्बन्धी कानुन बने पनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए ।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर––बर्दिवास रेल सेवा संचालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा संचालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।

मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले रेल सञ्चालन सम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेकोले बढीमा एक महिनाभित्र रेल सञ्चालन हुने दाबी गरेकी थिइन् ।

तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल सञ्चालनको टुंगो छैन । हुन त रेल सञ्चालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ ।

यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसधारण जनतामा खासै उत्साह थिएन् ।

मंगलबार भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङकण) को टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसधारणमा उत्साह थिएन ।

कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र रेल सञ्चालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : ४० बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज