जनकपुरधाम– कुर्था–जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए ।
रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पति संरक्षण हुन नसक्ने भन्दै उनले चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको जानकारी दिए ।
महाप्रबन्धक झाले रेल चलाउन अझैसम्म लाग्न सक्ने बताए । रेल सञ्चालन सम्बन्धी कानुन बने पनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए ।
सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर––बर्दिवास रेल सेवा संचालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म मात्रै रेल सेवा संचालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।
मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पुर्वाधार तगा यातायात मन्त्री रेणु यादवले रेल सञ्चालन सम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेकोले बढीमा एक महिनाभित्र रेल सञ्चालन हुने दाबी गरेकी थिइन् ।
तर, मन्त्री यादवले प्रतिवद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल सञ्चालनको टुंगो छैन । हुन त रेल सञ्चालनको प्रतिवद्धता जनाउने मन्त्रीको संख्या नै तीन नाघिसकेको छ ।
यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिवद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिवद्धता गरिरहेका सर्वसधारण जनतामा खासै उत्साह थिएन् ।
मंगलबार भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङकण) को टोलीले कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसधारणमा उत्साह थिएन ।
कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र रेल सञ्चालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएका थिए ।
प्रतिक्रिया