काठमाडौं र चितवनमा ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’ | Khabarhub Khabarhub

काठमाडौं र चितवनमा ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’ हुने भएको छ ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे–वन स्पट इट्स इ–प्लानेट एक्सक्लुसिभली अष्ट्रेलिया नाम गरी विशेष शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो ।

आगामी पौष २५ गते काठमाडौंस्थित आफ्नै संस्थाको केन्द्रीय कार्यालय बागबजार र पौष २७ मा भरतपुर गार्डेन रिसोर्ट चितवनमा आयोजना हुने यस कार्यक्रममार्फत अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा युनिभर्सिटीहरुसाग त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत परामर्श दिइने छ । अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिषा प्रकृया र छात्रवृत्तिलगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

मेलामार्फत छात्रवृत्ति सम्बन्धी जानकारी, आएल्टस प्राप्ताङ्कमा सुधार ल्याउने तरिका र अष्ट्रेलिया पुगेपछिको करियरका बारेमा पनि जानकारी दिइने छ । १५ भन्दा बढी युनिर्भसिटी तथा कलेज प्रतिनिधिमार्फत एकै दिन एकै छानामुनि सम्पूर्ण जानकारी दिने उदेद्देयले आयोजना गरिएको यस कार्यक्रममा छात्रवृत्ति, ग्राण्ट्स, करियर स्कोपका साथै अष्ट्रेलियामा काम गर्न र छिटो–छरितो तरिकाले भिसा लगाउन चाहिने आवश्यक काजजात र आर्थिक लगानीको बारेमा समेत जानकारी दिइने आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये एकजनालाई लक्की ड्रमार्फत ल्यापटप प्रदान गरिने कुरा पनि यस कार्यक्रमा जानकारी गराइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ३ : १५ बजे

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सप्तरी– अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ मतिगडा पूर्वीटोल बस्ने सुभाष चौधरीको छोरा तीन

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म

रविका नाममा रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाले भने- राजनीतिक प्रोपोगाण्डाले अदालतको आदेश फेरिँदैन

काठमाडौं- नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षत्रीले सहकारीको बचत