भारतमा कोरोना बढेपछि नेपाल फर्किनेको संख्या बढ्यो « Khabarhub

भारतमा कोरोना बढेपछि नेपाल फर्किनेको संख्या बढ्यो


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारतबाट नेपाल आउनेको संख्या बढ्न थालेको छ ।

भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाकास्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।

‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्दा पछिल्लो समय कोरोना संक्रमण दर पनि बढेको छ ।,’ भारतमा संक्रमण दर ह्वात्तै बढेपछि त्रिनगर–गौरीफन्टा र गड्डाचौकी नाका भएर स्वदेश फर्कने नेपालीको संख्या बढेको हो । पश्चिमी नाका गड्डाचौकी र गौरीफन्टा भएर दैनिक डेढ–दुई हजार नागरिक स्वदेश फर्किरहेका छन् । भारतबाट फर्कनेको संख्या बढेसँगै यहाँ संक्रमण दर पनि बढेको उनले बताए ।

भारतबाट फर्कने नेपालीको सीमा क्षेत्रमै कोरोना परीक्षण भइरहेको र स्वास्थ्य सामाग्री पर्याप्त रहेको उनी बताउँछन् । अहिले खोप नलगाएका व्यक्तिलाई सीमामै खोप समेत प्रदान गरिँदै आएको छ ।

स्वास्थ्य संयोजक साउदका अनुसार भारतबाट आउने नेपालीमा कोरोना संक्रमण देखिने दर पनि उच्च हुन थालेको छ । उनका अनुसार भारतबाट आउने नेपाली मध्ये पुस २२ गते ४८ जनामा, पुस २३ गते ६७ जनामा र शनिबार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट आउने नेपालीले कोरोना बढेसँगै बोरोजगार हुने डरले नेपाल आएको बताएका छन् । ‘भारतमा कोरोना बढेपछि धेरै व्यवसायी सचेत बनेका छन्,’ धनगढी–१३ का रामसिंह बोहराले भने, ‘अझै कोरोना बढेमा बेरोजगार हुने र लकडाउनमा फसिने सम्भावना बढेका कारण समयमै स्वदेश आएका हौं ।’ भारतमा कोरोना संक्रमण बढ्नथालेपछि त्यहाँ रहेका नेपाली मजदुर धमाधम नेपाल आउन थालेका उनले बताए ।

भारतको दिल्लीबाट फर्केका बझाङका दिनेश नेपालीले पनि कोरोना त्रासपछि नेपाल फर्किएको बताए । ‘दुई सातामै भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ,’ उनले भने, ‘आगामी दिनमा संक्रमण दर झनै बढ्न सक्ने देखिएपछि म नेपाल फर्केको हु ।’ सीमा नाकामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै उनले अव ढुक्कसँग घर जाने बताए ।

सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतमा रहेका नेपाली स्वदेश आउने गरेकोमा कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकामा मात्रै भारतबाट फर्किएका नेपालीको कोरोना परीक्षण हुँदै आएको छ । बैतडी, दार्चुला लगायत कैलालीको खक्क्रौला नाकाबाट नेपाल आउने नेपाली नागरिक भने कोरोना परीक्षण विना नै नेपाल आउने गरेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : १५ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स