साउदी राजकुमारी तीन वर्षपछि जेलमुक्त « Khabarhub

साउदी राजकुमारी तीन वर्षपछि जेलमुक्त


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ ।

साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिन्छन्। उनलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ तर यस बारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनलाई त्यति बेला उपचारका लागि स्वीजरल्याण्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिन अगाडि मात्रै पक्राउ गरिएको थियो । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन । एजेन्सी

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : १० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा