ब्रान्डेड भन्दै कम गुणस्तरका सामग्री बिक्री गर्ने बराल प्रकाउ « Khabarhub

ब्रान्डेड भन्दै कम गुणस्तरका सामग्री बिक्री गर्ने बराल प्रकाउ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रान्डेड भन्दै बर्दियाका विद्यालयहरूमा उच्च मूल्यमा कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्री बिक्री गरी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–२५ का ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

केही विद्यालयमा क्षेत्रीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाम प्रयोग गर्दै साइबर एन्ड लाइब्रेरी नाम गरेको कम्पनीको नाममा केही प्रविधिसँग जानकार नभएका विद्यालय तथा संघ संस्थालाई भ्रममा पार्दै कम गुणस्तरका विद्युतीय तथा स्टेसनरी सामग्रीहरू उच्च मूल्यमा बिक्री गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरीले गुलरिया नगरपालिका–६ स्थित बंगलामुखी विद्यालय परिसरमा उक्त सामग्री बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरे ।

क्षेत्रीबाट एक लाख ९२ हजार रुपैयाँ, विभिन्न बैंकका चेक तीन थान, साइबर एन्ड लाइब्रेरीको नाममा रहेको बिल चार थान, प्रिन्टर १९ थान, मनिटर १९ थान, सिपियु १९ थान, प्रोजेक्टर १७ थान, पेनड्राइभ १७ थान, क्याल्कुलेटर १७ थान, राइटिङ बोर्ड २० थान, सिसिटिभी १८ थान, किबोर्ड १९ थान, नेपाली बृहत् शब्दकोष सात थान, अक्सफोर्ड किताबलगायतका विभिन्न शब्दकोष ३० थान, विभिन्न पुस्तक र क्यालेन्डर भएको कार्टुन २९ थान प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीको थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  २ : ०० बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई