दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली टिम « Khabarhub

दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली टिम


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिनिसर शरद भेषावकरले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ‘कमब्याक’ गर्दैछन् । यहि अवसरमा शरद नेपाली टोलीलाई दोस्रो पटक विश्वकपमा छनोट गराउने योजनामा छन् । उनकै शब्दमा भन्ने हो भने,‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ ।’

यसअघि नेपाली टोलीले सन् २०१४ मा ढाकामा विश्वकप खेलेको थियो । त्यसयता, टोलीले त्यतिको ठुलो उपलब्धी हासिल गर्न सकेको छैन । तत्कालिन कप्तान पारस खड्काले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । यस पटक टोलीको कप्तानी गर्दैछन् युवा लेग स्पिनर सन्दीप लामिछाने ।

यता, प्रशिक्षक समेत उहि पुबुदु दासानायके नै छन् । उनकै प्रशिक्षणले तत्कालिन समयमा नेपालले विश्वकप खेलेको थियो । सोहि टोलीमा रहेका ज्ञानेन्द्र मल्ल र शरद हाल टोलीको साथ छन् ।

प्रशिक्षक पुबुदुले १६ सदस्यीय खेलाडी यस अघिनै घोषणा गरिसकेका छन् । अनुभवी खेलाडी शरद प्रतियोगिताको दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा हात पार्न सके विश्वकपमा पुग्ने आशावादी छन् । ‘दोस्रो पटक विश्वकप खेल्ने विषयमा टोली विश्वस्त छ । दुई खेलमा हामीले हाम्रो उत्कृष्ट प्रदर्शन दियौं भने पक्कै छनोट हुनेछौं ।’ ३३ वर्षीय दाया हाते ब्याटर शरद भन्छन् । ‘मलाई लाग्छ, यो खेल कमब्याकभन्दा पनि अर्को एउटा खेल खेलेको जस्तो लागेको छ । टिम पनि सन्तुलित छ । सबै खेलाडीहरू युवा छन् । सबै तयार छन् ।’

नेपालले आगामी अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन् ।

नेपालले ६ फागुनमा आयोजक ओमानसँग, ७ फागुनमा फिलिपिन्ससग र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्ने छन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

ग्लोबल छनोटअघि नेपालले २८ माघबाट तीन देश सम्मिलित टी–२० शृंखला खेल्दैछ । जसअन्तर्गत २८ माघमा ओमान, २९ माघमा संयुक्त अरब इमिरेट्स् (यूएई) र २ फागुनमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रशिक्षक दासानायके भन्छन– टोलीको तयारी योजनाअनुसार नै भइरहेको छ
नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको तयारी योजनाबद्ध तरिकाले भएको र टोली विश्वकप छनोटका लागि आशावादी रहेको बताउँछन् । ‘अभ्यास योजनावद्द रुपमा भईरहेको छ । सुरुमा केहि चुनौतीको सामना गर्नुपर्याे । अहिले सबै ठिक छ । टोलीको तयारी सबै राम्रो छ । मैले चाहेको जस्तै भएको छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका पुबुदु भन्छन् ।

पावर हिटर लोकेश बम र अलराउन्डर विवेक यादवले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । पछिल्ला वर्षहरूमा नेपालले बलिङमा राम्रो प्रदर्शन दिँदै आए पनि ब्याटिङ सुखद् रहन सकेको छैन । तर, यसपटक टोलीले युवा खेलाडीको साथमा राम्रो प्रदर्शन दिँदै आएको छ । कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख जस्ता खेलाडी यसका उदाहरण हुन् ।

टोलीका कप्तान सन्दीप सन् २०१४ मा पूर्व कप्तान पारसले खडा गरेको विरासतलाई अगाडि बढाउने जिम्मेवारी आफूसहित टोलीलाई रहेको बताउँछन् । ‘पारस दाईले आफ्नो नेतृत्वमा खेलाएर एउटा विरासत खडा गरेर छोड्नु भएको छ । त्यो विरासतलाई अगाडि लिएर जाने जिम्मेवारी मेरो मात्रै हैन, सबै टिममाथि छ । त्यो सन् २०१४ को विश्वकप खेलेको क्षणलाई फेरि फिर्ता ल्याएर फेरि विश्वकप खेल्ने मेरो मात्रै हैन पूरा नेपाली जनताको चाहना छ ।’ पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी समाल्न लागेका २१ वर्षीय सन्दीप भन्छन् ।

नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम, प्रदीप ऐरी ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  २ : ४५ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन