थापालाई तीन उपाध्यक्ष, दुई महामन्त्रीसहित करिब सय केन्द्रीय सदस्यको साथ | Khabarhub Khabarhub

थापालाई तीन उपाध्यक्ष, दुई महामन्त्रीसहित करिब सय केन्द्रीय सदस्यको साथ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह जिल्ला मकवानपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापालाई झन्डै एक सय केन्द्रीय सदस्यले साथ दिने दाबी गरिएको छ ।

गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले मंगलबार पार्टी परित्याग गरेका हुन् ।

गत महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित ८० भन्दा बढी केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने भएका हुन् ।

‘गत महाधिवेशनवाट तीन जना उपाध्यक्ष, एक महामन्त्री र एक सय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, ती सबै हामीसँगै रहने छन,’ थापानिकट स्रोतले भन्यो, ‘हिजोको काठमाडौँ भेलामा पनि झन्डै ६० केन्द्रीय सदस्यको उपस्थिति थियो, अचानक भेला गर्नुपर्ने भएकाले सबै आउन नभ्याएका हुन् ।’ उनका अनुसार थापा पक्षधर गत महाधिवेशनमा निर्वाचितमध्ये ८० जनाले साथ दिने प्रतिबद्धता जनाइसकेका छन् भने नयाँ दल दर्ता गर्ने अवस्थासम्म धेरै थपिने देखिएको छ ।

केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्तौला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, ईन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताहरू थापा समूहमा रहने भएका छन् ।

राप्रपा नाम नरहने, नयाँ नाम राखिने

पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि थापाले आफूनिकट नेताहरूसँग छलफल चलाउने भएका छन् । गृह जिल्लाबाट पार्टी परित्याग घोषणा गरेर काठमाडौँ फर्किरहेका थापाले नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि छलफल चलाउने केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । ‘तर नयाँ पार्टीको नाम राप्रपा रहँदैन, हामीले राप्रपा नाम राख्न पनि हुँदैन, त्यसैले नयाँ नाम तय गरेर दल दर्ता हुनेछ,’ उनले भने, ‘राप्रपा विभाजन नगर्ने तर अन्य नाममा नयाँ दल दर्ता गर्ने सोचमा कमल थापा हुनुहुन्छ, त्यहीअनुसार छलफल चल्नेछ ।’ उनका अनुसार अधिकांश जिल्ला अध्यक्षहरू पनि थापाको पक्षमा खुल्ने छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : ३१ बजे

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार

जेन–जी आन्दोलनको भोलिपल्ट मंगलबार बिहान यस्तो देखियो नयाँबानेश्वर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका कारण सोमबार रणमैदान बनेको नयाँबानेश्वर क्षेत्र आज

बीपी कोइरालाको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो

मंगलबार बिहान ८:३० बजेदेखि काठमाडौंमा कर्फ्यू

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ।

जेनजीको आन्दोलनमा घुसपैठ गरेको आरोपमा राप्रपाका केन्द्रीय सदस्य हमाल पक्राउ

काठमाडौं– जेन–जी पुस्ताले गरेको स्वतन्त्र आन्दोलनमा घुसपैठ गरेको आरोपमा प्रहरीले