अब हामी मिलेर माओवादीलाई एक ढिक्का बनाउनुपर्छ : अध्यक्ष केसी « Khabarhub

अब हामी मिलेर माओवादीलाई एक ढिक्का बनाउनुपर्छ : अध्यक्ष केसी


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीलाई बलियो बनाउनतर्फ केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेकी छन् । आगामी चुनाव नजिकिँदै गर्दा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

उनले पार्टीभित्रको गुटउपगुट अन्त्य गरी अगाडी बढ्न पार्टी नेतृत्वकर्तालाई निर्देशन दिएकी छन् । आगामी निर्वाचन जित्नका लागि पनि यहाँका नेता तथा कार्यकर्ता सक्रियता पूर्वक लाग्न आवश्यक रहेको उनको धारणा छ ।

प्रेस सेन्टर जुम्लाले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष केसीले पार्टीलाई सफल पार्न नकारेर लाग्न नेतृत्वलाई सचेत गराएको बताइन् । उनले भनिन्, ‘प्रेस सेन्टरले राम्रा कामको प्रचार र कमजोरीमा खबरदारि गरोस् । हामीले सधैँ यही अपेक्षा गर्ने छौं ।’

पछिल्लो समयमा नेकपा माओवादी केन्द्र जुम्ला बासीको रोजाइ बन्न थालेकाले देश र जनताको हित अनुकूल माओवादी केन्द्रले काम गर्न अनुरोध गरिन् ।

‘माओवादी गरिब, सर्वहारा वर्गको पार्टी हो । यो पार्टीले कहिले पनि सम्भ्रान्त वर्गको हितमा बोलेको छैन’, अध्यक्ष केसीले भनिन्,‘त्यसैले माओवादी केन्द्रप्रति गाउँदेखि सहरसम्मको साथ र सहयोग मिलेको छ ।’

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : ४० बजे

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

चितवनमा विद्युत महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

चितवन– नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्ष

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट