नेपाल-चीन सीमा समस्याबारे सरकारको घोषणा स्वागतयोग्य– राष्ट्रिय एकता अभियान « Khabarhub

नेपाल-चीन सीमा समस्याबारे सरकारको घोषणा स्वागतयोग्य– राष्ट्रिय एकता अभियान


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले सरकरले नेपाल-चीन सीमा समस्याबारे आधिकारिक धारणा सार्वजनिक गर्न गरेको घोषणाको स्वागत गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा समस्याबारे अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको सरकारी घोषणाको अभियानले स्वागत गरेको हो ।

अभियानले नेपालको भौगोलिक अखण्डता, स्वाधीनता एवम् सार्वभौमिकताको पक्षमा निरन्तर आवाज उठाउदै आएको आएको छ ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालको उत्तरी सिमानामा निरन्तर रूपमा भइरहेको चिनियाँ अतिक्रमण रोक्नु तपाईं हामी सबै सच्चा नागरिकको दायित्व हो। यही मिति २०७८ माघ २४ गते अभियानले चिनियाँ अतिक्रमणविरुद्ध नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको स्मरण गराउन चाहन्छ।’

यसै सन्दर्भमा नेपाल सरकारले आज नेपाल-चीन सीमा समस्याबारे अध्यन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने गरेको निर्णय स्वागत योग्य रहेको अभियानले जनाएको छ । साथै अभियालने विज्ञप्तिमार्फत नेपाल सरकारलाई विशेष धन्यवादसमेत दिएको छ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ६ : ०७ बजे

भोजपुरमा पनि ‘सगरमाथा वृक्षरोपण महाअभियान’

भोजपुर– सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा

१५ जना ‘स्मार्ट’ आमा सम्मानित

पाल्पा– पाल्पाका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घबाट कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर

कम्बोडिया– नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविर मार्फत आँखा उपचार

विश्वकप : आयोजक क्यानडा, मेक्सिको र अमेरिका अन्तिम १६ बाटै आउट

काठमाडौँ – फिफा विश्वकप २०२६ का तीनवटै आयोजक राष्ट्र प्रतियोगिताबाट

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे