कुमारी आमा निहारिकाको चित्कारः न्याय मरेको देश « Khabarhub

कुमारी आमा निहारिकाको चित्कारः न्याय मरेको देश


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुमारी आमा निहारिका राजपुतलाई न्याय दिनुपर्ने माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । निहारिकालाई करणी गरी गर्भवती बनाएको मुद्दामा अभियुक्त धनुषा महेन्द्रनगरका शिवराज श्रेष्ठलाई जिल्ला अदालतले सोमबार सफाई दिएपछि महिला अधिकारकर्मीसहितले आज प्रदर्शन गरेका हुन् ।

पीडित निहारिकासहित महिला अधिकारकर्मीहरूले जनक चोकबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि उनीहरूले जिल्ला अदालत अगाडि धर्नासमेत दिए । 

निहारिका अदालतभित्र प्रवेश गर्न खाजेपछि प्रहरीले रोकेको थियो । त्यसक्रममा उसलाई चोट पनि लागेको थियो । एकदमै तनाव र आक्रोशमा देखिएकी निहारिका बेहोस पनि भएकी थिइन् ।

जिल्ला अदालतपछि उनीहरू प्रदर्शन गर्दै सरकारी वकिलको कार्यालय अगाडि पुगेका थिए । निहारिकाले सरकारी वकिलहरूले आफूमाथि अन्याय गरेको आरोप लगाइन् । तीन वर्षीय छोरोलाई लिएरै प्रदर्शनमा आएकी निकारिकाले प्रहरी प्रशासन, अदालत र वकिल कार्यालयले शिवराजलाई उन्मुक्ति दिएको आरोप लगाइन् ।

उनले भनिन् ‘यो बच्चा बलात्कारबाट जन्मेको हो । डीएनए टेष्ट किन गरिएन ? एकपक्षीय फैसला आएको हो । मेरो अनुपस्थितिमा केटा (शिवराज श्रेष्ठ) लाई सफाइ दिइयो ।’

उनले थपिन्’ ‘म हार मान्ने छैन । अझ् अगाडि बढ्छु । उच्च अदालतमा मुद्दा हाल्छु । त्यो केटा (शिवराज श्रेष्ठ) आजाद भएर घुम्न सक्दैन । त्यो डेढ वर्ष फरार थियो । त्यसपछि ६ महिनादेखि थुनामा थियो ।,’ निहारिकाले आत्महत्या गर्ने धम्कीसमेत दिइन्, ‘त्यो स्वतन्त्र भएर बाँच्न पाउँदैन । त्यो बाँच्न पायो भने म अदालतको बाहिर आफ्नै घाँटी काटिहाल्छु।’

यसअघि, कुमारी आमा निहारिकाले अदालतबाट समेत न्याय पाउन नसकेको भन्दै सोमबार रुदै फेसबुक लाइभ गरेकी थिइन् । न्यायाधीश पर्शुराम भट्टराईले मुद्दामा अभियोग दाबी नपुगेको ठहर गर्दै आरोपी श्रेष्ठलाई सफाई दिएका थिए ।

महोत्तरी जलेश्वरकी निहारिकाका ३ वर्षीय छोरो छ । तीन वर्षअघि श्रेष्ठले आफूलाई प्रेममा पारी शारीरिक सम्बन्ध बनाएको तर, गर्भवती भएपछि विवाह नगरेको उनको आरोप छ । शिवराजको परिवारले बच्चा फाल्न पटक–पटक आफूलाई दबाब दिएको पनि उनले बताइन् । निहारिकाले भने बच्चा जन्माएकी थिइन् ।

न्यायको माग गर्दै अदालतमा मुद्दा दिएसँगै शिवराज डेढ वर्षसम्म फरार भएका थिए । त्यसपछि अदालतमा हाजिर भएका उनी केही महिनादेखि थुनामा थिए । जिल्ला अदातलले भने शिवराजलाई सफाइ दिएपछि निहारिका र अधिकारकर्मी न्याय मरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ५५ बजे

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न