भोलिलाई बोलाइएको संसद बैठक स्थगित « Khabarhub

भोलिलाई बोलाइएको संसद बैठक स्थगित


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको भोलि (बुधबार)लाई बोलाइएको बैठक स्थगित भएको छ । बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।

संसद सचिवालय विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।

आगामी बैठक फागुन २ गते सोमबार दिनको १ बजे बस्ने तय भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

भोलि दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत तय भएको थियो ।

एमसीसी टेबुल गर्नको लागि सरकारले भोलि कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव लैजाने तयारी गरेको थियो ।
सरकारले एमसीसी अगाडि बढाउन खोजेपनि सभामुख सापकोटाले संसदको अवरोध हट्ने पर्ने र एमसीसीबारे दलहरुबीच सहमति हुनुपर्ने शर्त बनाउँदै आएका थिए ।

माओवादी केन्द्रले एमसीसीबारे केन्द्रीय कमिटीबाट निर्णय लिने भन्दै केन्द्रीय कमिटीको बैठकसम्म समय दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग समय माग गरेको थियो । माओवादी केन्द्रीय कमिटी बैठक माघ २८ गते बस्दैछ ।

प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पास गर्ने रणनीति बनाएपछि सत्ता गठबन्धनमा संकट उत्पन्न भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ०७ बजे

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले

रास्वपा घोषणापत्र : सहकारीका साना बचतकर्ताले असार २० गतेसम्म पाउन सक्छन् आफ्नो रकम ?

काठमाडौं– समस्याग्रस्त भएका सहकारीका साना बचतकर्ताले आगामी असार २० गतेसम्म

दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट, एकैसाथ २३ जना खेलाडीलाई रातो कार्ड

काठमाडौं- ब्राजिलमा भएको मिनेइरो गेर्‍यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका

पोखरामा छ टन बढी मकैको बीउ अनुदानमा

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ