श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’ « Khabarhub

श्रीमती रितुको स्वास्थ्य सुधारपछि गायक शर्मा भन्छन्- ‘क्यान्सर उपचार नेपालमै सम्भव छ’


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक हेमन्त शर्माले श्रीमती रितुको स्तन क्यान्सरको उपचारका विभिन्न चरण पूरा भएपछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शर्माले क्यान्सर उपचार नेपालमै सम्भव रहेको पनि बताए ।

उनका अनुसार नेपाल क्यान्सर अस्पतालमा गरिएको उपचार अन्तर्गत ८ चरण किमोथेरापी, डबल मास्टेक्टोमी (दुवै स्तनको शल्यक्रिया) तथा १५ सत्र रेडिएसन थेरापी पूरा गरेर अहिले श्रीमतीको स्वास्थ्यमा सुधार आएको हो।

उपचार सुरु भएपछि धेरैले भारतको दिल्ली गएर उपचार गर्न सुझाव दिएको उनले बताए। तर पारिवारिक सल्लाह, नेपालमा उपलब्ध उपचार सेवा र आफ्ना परिस्थितिलाई ध्यानमा राखेर नेपालमै उपचार गर्ने निर्णय गरिएको शर्माको भनाइ छ।

उपचार डा. सुदीप श्रेष्ठको निगरानीमा रहेको चिकित्सक टोलीले गरेको थियो।

उपचार सुरु गर्नु अघि पाटन अस्पताल का क्यान्सर विशेषज्ञ डा. अरुण शाही र काठमाडौं क्यान्सर सेन्टर का डा. आविश अधिकारीसँग लिएको प्रारम्भिक परामर्श पनि महत्वपूर्ण रहेको उनले बताएका छन्।

हाल उपचारको मुख्य चरण सकिएपनि नियमित फलोअप, दीर्घकालीन औषधि सेवन र चिकित्सकीय निगरानी जारी रहको उनले बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ४ : ५३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम