८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा « Khabarhub

८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेसीशहर नगरपालिका-२ बोहोराबेसीमा पुष्प व्यवसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍याे, समय बितेको पत्तै हुँदैन,’ उनी भन्छिन् ।

हुमा ८ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएकी छन् ।

गुरुङले बेसीशहर-२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । ५० लाख लगानीमा नर्सरी नर्सरीमा  फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन् ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरे भन्दा निकै राम्रो व्यापार भएको छ ।’ नर्सरी व्यवसायमा हुमाले दुई जनालाई रोजगारीसमेत दिएकी छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको हुमाले बताइन् ।

जागिर छोडेर फूल खेती २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुुमा गुरुङ ३९ वर्षकी भइन् । बेसीशहर नगरपालिका-२ गैरीस्थित सीप विकास प्रतिष्ठान-गैरीक्याम्पसको प्रवर्द्धन  शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् ।

अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक डेढ लाख कमाउने गरेकाे उनी बताउँछिन् । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उनको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । उनले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूल खेती पनि गर्दै आएकी छन् ।

तीनवटा ग्रिनहाउस नर्सरीमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रि लगायतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ ।

हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला मुन्तला छन् भने एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् । नर्सरीबाट बाहमासे २ सयभन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री भएको छ ।

नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्रि, सप्लेरिया लगायतका आर्कषक बिरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी फूलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् ।

उत्पादित वस्तुले बजार पाउँदा हर्षित आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछिन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ,’ उनले भनिन् ।

घरको बार्दली तथा बगैंचामा फूल रोप्न जिल्ला बाहिरबाट बिरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएका छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको पुष्प हुमाले बताइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ५२ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग