८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा | Khabarhub Khabarhub

८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बेसीशहर नगरपालिका-२ बोहोराबेसीमा पुष्प व्यवसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍याे, समय बितेको पत्तै हुँदैन,’ उनी भन्छिन् ।

हुमा ८ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएकी छन् ।

गुरुङले बेसीशहर-२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । ५० लाख लगानीमा नर्सरी नर्सरीमा  फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन् ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरे भन्दा निकै राम्रो व्यापार भएको छ ।’ नर्सरी व्यवसायमा हुमाले दुई जनालाई रोजगारीसमेत दिएकी छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको हुमाले बताइन् ।

जागिर छोडेर फूल खेती २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुुमा गुरुङ ३९ वर्षकी भइन् । बेसीशहर नगरपालिका-२ गैरीस्थित सीप विकास प्रतिष्ठान-गैरीक्याम्पसको प्रवर्द्धन  शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् ।

अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक डेढ लाख कमाउने गरेकाे उनी बताउँछिन् । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उनको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । उनले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूल खेती पनि गर्दै आएकी छन् ।

तीनवटा ग्रिनहाउस नर्सरीमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रि लगायतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ ।

हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला मुन्तला छन् भने एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् । नर्सरीबाट बाहमासे २ सयभन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री भएको छ ।

नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्रि, सप्लेरिया लगायतका आर्कषक बिरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी फूलका बिरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका बिरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् ।

उत्पादित वस्तुले बजार पाउँदा हर्षित आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछिन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यवसायमा अझ उत्साहित बनाएको छ,’ उनले भनिन् ।

घरको बार्दली तथा बगैंचामा फूल रोप्न जिल्ला बाहिरबाट बिरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएका छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको पुष्प हुमाले बताइन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ५२ बजे

दोस्रो टी- २० : वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौं– नेपालसँगको ५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा वेस्ट

बझाङ उपनिर्वाचन : अग्रता बढाउँदै एमालेका भण्डारी, पच्छ्याउँदै कांग्रेसका सिंह

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

साताको पहिलो नेप्से १४ अंकले बढ्यो, अढाइ अर्ब बढी कारोबार

काठमाडौं- आइतबार साताको पहिलो नेपाल स्टक एक्चेञ्ज (नेप्से) १४.३३ अंकले

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं– कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

बझाङ उपनिर्वाचन : एमालेका भण्डारीको अग्रता 

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ को मत गन्दा