उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ? | Khabarhub Khabarhub

उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ?


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्ने पुङ्ग्ये री क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीब्र पारेको खुलासा भएको छ । अमेरिकी विश्लेषकहले उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्रमा पूर्वाधार निर्माणलाई तीब्र पारेको पत्ता लगाएका हुन् ।

भू उपग्रहबाट प्राप्त तस्वीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको हो । अमेरिकाको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेशन स्टडिजका विश्लेषकहरुले भू उपग्रहबाट प्राप्त तस्वीरबाट आणविक परीक्षण केन्द्रमा नयाँ भवनहरुको निर्माण भइरहेको, पुराना सडकहरुको मर्मत गरिएको र नयाँ पूर्वाधारहरु पनि बन्ने क्रममा रहेको जनाएका छन् ।

यससँगै वर्ष २०२२ शुरु भएयता ९ पटकसम्म क्षेप्यास्त्त्र गरिसकेको उत्तर कोरियाले पुनः आणविक परीक्षण गर्न लागेको हुनसक्ने बताइएको छ ।

मक्सार नामक भू उपग्रह कम्पनीको क्यामेराबाट ती तस्वीरहरु लिइएको जनाइएको छ ।

पूर्वाधार निर्माणको काम शुरु भएपनि यसलाई पूर्ण सञ्चालनमा ल्याउन अझै केही समय लाग्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा अमेरिका र दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न भन्दै उत्तर कोरियाले आणविक परीक्षण केन्द्र बन्द गरेको घोषणा गरेको थियो ।

पुङ्ग्ये री आणविक परीक्षण गर्ने उत्तर कोरियाको प्रमुख क्षेत्र हो । उत्तर कोरियाले सन् २००६ यता ६ वटा आणविक परीक्षण गरिसकेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ५१ बजे

खडेरीका कारण ट्युबेलको पानी सुक्न थाल्यो

उदयपुर– यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न

सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्युठान– जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, स्वर्गद्वारी गौमुखी यातायात प्रालि

हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत

झापा- रातारात बथानका बथान भारतबाट नेपाल प्रवेश गरेर यहाँका सामुदायिक

वन डढेको देख्दा तपाईको मन डढ्दैन ?

‘कोखदेखि घाटसम्म चाहिने वनजंगल, बर्सेनि लाग्ने डढेलोले कतै सकिने त

मधेशमा उथल–पुथल, चिनियाँ राजदूत सहभागी कार्यक्रम छाडेर जनकपुर पुगे तीन मन्त्री

जनकपुरधाम– जनता समाजवादी पार्टी नेतृत्वको मधेस सरकारबाट नेकपा माओवादी केन्द्रले