उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ? « Khabarhub

उत्तर कोरियाले फेरि आणविक परीक्षण गर्न लागेको हो ?


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्ने पुङ्ग्ये री क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीब्र पारेको खुलासा भएको छ । अमेरिकी विश्लेषकहले उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्रमा पूर्वाधार निर्माणलाई तीब्र पारेको पत्ता लगाएका हुन् ।

भू उपग्रहबाट प्राप्त तस्वीरको विश्लेषणबाट नयाँ तथ्य पत्ता लागेको हो । अमेरिकाको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफेरेशन स्टडिजका विश्लेषकहरुले भू उपग्रहबाट प्राप्त तस्वीरबाट आणविक परीक्षण केन्द्रमा नयाँ भवनहरुको निर्माण भइरहेको, पुराना सडकहरुको मर्मत गरिएको र नयाँ पूर्वाधारहरु पनि बन्ने क्रममा रहेको जनाएका छन् ।

यससँगै वर्ष २०२२ शुरु भएयता ९ पटकसम्म क्षेप्यास्त्त्र गरिसकेको उत्तर कोरियाले पुनः आणविक परीक्षण गर्न लागेको हुनसक्ने बताइएको छ ।

मक्सार नामक भू उपग्रह कम्पनीको क्यामेराबाट ती तस्वीरहरु लिइएको जनाइएको छ ।

पूर्वाधार निर्माणको काम शुरु भएपनि यसलाई पूर्ण सञ्चालनमा ल्याउन अझै केही समय लाग्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१८ मा अमेरिका र दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्न भन्दै उत्तर कोरियाले आणविक परीक्षण केन्द्र बन्द गरेको घोषणा गरेको थियो ।

पुङ्ग्ये री आणविक परीक्षण गर्ने उत्तर कोरियाको प्रमुख क्षेत्र हो । उत्तर कोरियाले सन् २००६ यता ६ वटा आणविक परीक्षण गरिसकेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ५१ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु