युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह « Khabarhub

युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट देशलाई जोगाउन युक्रेनी सेनामात्रै नभई सर्वसाधारण पनि युद्धमैदानमा उत्रिएका छन् ।

आक्रमणकारीबाट आफ्नो देश जोगाउन चाहने युक्रेनी सर्वसाधारणका लागि युक्रेनी फौजले ‘क्षेत्रीय रक्षा दल’ मा भर्ना हुन आह्वान पनि गरेको छ । यही क्षेत्रीय रक्षा दलमा सहभागी एक जोडीले राजधानी किभ नजिकै युद्धमैदानको अग्रमोर्चामै विवाह गरेका छन् ।

राजधानी किभ शहरका मेयर भिताली क्लित्स्कोले ट्विटरमार्फत् भिडियो जारी गर्दै युद्धको अग्रमोर्चामा सैनिकको जोडीले विवाह गरेको जनाएका हुन् ।

उनले सार्वजनिक गरेको भिडियोमा एक जना सैनिकले उनीहरुको विवाह उपक्रम सम्पन्न गरेको देख्न सकिन्छ ।

त्यसपछि नवविवाहित जोडीले चुम्बन गरी फूलको बुके साटासाट गरेको देख्न सकिन्छ । लगत्तै त्यहाँ उपस्थित अरु सैनिकहरुले ताली बजाएर विवाह सम्पन्न गर्छन् ।

भिडियोमा मेयर क्लित्स्को पनि समारोहमा उपस्थित भइ नवदम्पतीलाई बधाई दिएको देख्न सकिन्छ ।

यो जोडी २२ वर्षदेखि सँगै रहेको र उनीहरूबाट एक छोरी पनि भइसकेको एबीसीको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १ : २२ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६