पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ « Khabarhub

पाँच जनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- एकै परिवारको पाँच जनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइँन । आज आफैंले भोग्दा सपनाजस्तो लागिरहेको छ ।’

१० महिनाअघि प्रेम विवाह गरेका स्थानीय सुवास स्याङ्तानलाई श्रीमती र नवजात शिशुसहित परिवारका सबै सदस्यको मृत्यु भएको खबर कसरी सुनाउने भन्ने चिन्ता लागेको उनी बताउँछन् । भक्कानिँदै उनी भन्छन्, ‘दाजुभाउजु विदेश हुनुहुन्छ । छोरा छोरीसहित परिवार नै छैनन् भन्ने सुन्दा उहाँहरुलाई कस्तो भयो होला । म सोच्न पनि सक्दिनँ ।’

अस्पतालमा भाइ कुरिरहेका रोज स्याङ्तानले भाइ सुवास भर्खर गाडी सिक्दै गरेको बताए । ‘सामान्य तामाङ परिवारमा जन्मिएको सुवास अभागी रहेछ,’ आँखामा आँशु पिलपिल पार्दै रोजले भने ।घटना सुनेलगत्तै अस्पताल आएका उनलाई अहिले कुनै काम गरौं जस्तो लाग्दैन । भन्छन्, ‘संसार केही रहेनछ ।’

दक्षिण ललितपुरको पहाडी क्षेत्रमा पर्ने नल्लु सदरमुकामबाट झण्डै ४० किलोमिटर टाडा पर्छ । गाँउको पाखोबारीमा तोरी मकै खेती गर्ने स्याङ्तान परिवारका जेठो छोरा विक्रम चार वर्षदेखि दुबईमा थिए । उनकी श्रीमती सृजना करिब एक वर्षअघि दुई छोराछोरीलाई परिवारलाई जिम्मा लगाएर दुबई गएकी थिइन् ।

उनका भाइ सुवास भने धेरैजसो काठमाडौंमा बस्थे । श्रीमती सुष्मा सुत्केरी भएपछि स्याहार गर्न उनी गाँउ बस्न थालेका थिए । साँझ खाना खाएपछि सुभासका दाइ विष्णु स्याङ्तान भूकम्पको बेला बनाइएको टहरामा सुत्न गएका कारण बाँचेका थिए । उनी बिहानै उठेर काममा गए । घरमा यस्तो घटना भएको पत्तै पाएनन् ।

सुवासको आंशिक होस खुल्यो

निसास्सिएपछि अचेत भएका सुवास स्याङ्तानको आंशिक होस खुलेको छ । उनको उपचारमा संलग्न डाक्टरका अनुसार केही होस खुलेको भए पनि उनी खतराबाट बाहिर नरहेको बताए ।

अस्पतालमै रहेका रोज स्याङ्तानले आफूलाई सुवासले चिनेको बताए । उनले भने, ‘उसले मेरो नाम लियो अनि निदाइ हाल्यो ।’ उनलाई गणेशमान स्मृति अस्पताल महालक्ष्मीको सघन उपचार कक्ष (आईसीयु)मा राखेर उपचार भइरहेको छ ।

घटनामा सुवासकी ५५ वर्षीय आमा काइँली तामाङ, उनकी श्रीमती सुष्मा स्याङ्तान, नवजात शिशु, भातिजा आशिष र भतिजी आश्माले निस्सासिएर ज्यान गुमाएका थिए ।

साँझ सुत्केरी सुष्माले बच्चा सेकेर मकलमा कोइला बालेर छोडेकी थिइन् । झ्याल ढोका बन्द भएको अवस्थामा अक्सिजनको मात्रा कम भएर त्यस कोठामा सुतेका सबै निसास्एिका थिए ।

प्रहरीका अनुसार भर्खर जन्मेका सुवासको बच्चा र उनी मात्रै जिवित थिए । अस्पताल ल्याउने क्रममा बाटोमै शिशुको मृत्य ुभएको थियो भने सुवासको अवस्था अझै नाजुक छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : १६ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको