जापानले ल्यायो रुस र बेलारुसका लागि नयाँ प्रतिबन्धको प्याकेज | Khabarhub Khabarhub

जापानले ल्यायो रुस र बेलारुसका लागि नयाँ प्रतिबन्धको प्याकेज


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले रुस र बेलारुसविरुद्ध अर्को चरणको प्रतिबन्धका प्याकेज सार्वजनिक गरेको छ । जापानी विदेश मन्त्रालयले युक्रेनमा जारी रुसी आक्रमणका सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापानले अरु २० रुसी र १२ बेलारूसी नागरिकहरू विरुद्ध व्यक्तिगत प्रतिबन्धहरू समेत लगाएको छ । साथै दुई थप रूसी र १२ बेलारूसी संगठनहरू विरुद्ध पनि जापानले प्रतिबन्ध लगाएको जनाइएको छ।

जापानी प्रतिबन्धको नयाँ प्याकेजमा ती देशका सशस्त्र बलहरू, कानून कार्यान्वयन गर्ने निकायहरू र खुफिया संगठनहरू सहित बेलारूसी रक्षा मन्त्रालयको लागि पनि निर्यात प्रतिबन्ध लगाइएको छ।

व्यक्तिगत प्रतिबन्धहरू विशेष गरी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलीशेर उस्मानोभमाथि लक्षित छ ।

जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ५५ बजे

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन उच्च अदालतको आदेश

काठमाडौं– उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र

कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अर्थमन्त्रीको जिम्मेवारी दिइएको

जापानी अन्तरिक्ष यात्री पनि चन्द्रमामा जान पाउने  

काठमाडौं– अमेरिका र जापानबीच भएको एक सम्झौतामा जापानी अन्तरिक्ष यात्री

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी

काठमाडौं– फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले

चिनियाँ अदालतद्वारा सम्बन्धविच्छेद मुद्दामा बाल संरक्षणलाई जोड

बेइजिङ– चीनको सर्वोच्च अदालतले सोमबार देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा