क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकलको डिलर जनकपुरमा | Khabarhub Khabarhub

क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकलको डिलर जनकपुरमा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकलको डिलर जनकपुरमा विस्तार भएको छ ।

क्लासिक लिजेन्ड्सको जावा मोटरसाईकल चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो।

जुन नेपाली बजारमा एकदमै रुचाईएको छ । यसको क्लासिक लुक्स तथा यसको माईलेज तथा फिचरले गर्दा युवा वर्गमा यसको आकर्षण बढ्दो छ । सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको जावा मोटरसाइकलको सुन्दर डिजाइन र बलियो प्रदर्शन चरित्रले यसले प्रयोगकर्ताहरूको मन जित्न मात्र सफल नभई विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।

जनकपुरमा आफ्नो डिलरको रुपमा नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. ले थापाचोक, जनकपुरमा आफ्नो नयाँ डिलर भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि.को स्थापनासँगै  जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको हो ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसके पछि जनकपुरमा नयाँ डिलर नियुक्ति सँगै पूर्ण सुसज्जित थ्री यश शोरूम स्थापना गरेको कम्पनीले जनाएको छ ।  

भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि.का प्रबन्ध निर्देशक विनय मनि शर्माको  माता माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रुपमा यस शोरुम उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा अग्नि मोटोइंक प्रा.लि. कासेल्स हेड श्री प्रत्युष श्रेष्ठले  जावा मोटरसाइकल शहर बजारमा मात्र नभई हाईवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त छ । मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्व अनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्ने बताए ।

अरुभन्दा फरक हुनचाहने, भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भने जस्तै बाइक जावा नै हो । देशकाविभिन्न स्थानहरुमा राम्रो प्रतिक्रिया पाईरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकल प्रेमीहरुका बीच पनि सफलता हात पार्नेछ भन्नेमा हामी विश्वस्त छौँ । उनले भने ।

भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि.का प्रबन्ध निर्देशक विनय मनि शर्माका अनुसार, सांस्कृतिक तथा पर्यटकीय स्थल भनेर कहलिएको हाम्रो थात थलो, जनकपुरमा क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकल ल्याउन पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो ।

जनकपुर र यस वरिपरिका क्षेत्रका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ ।  जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड हो, जसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु र समय अनुरुप अझ फेसनेबल र बलियो निर्माण सुविधाहरुयुक्त बनेको जावा जनकपुरका ग्राहकहरुमाझ पनि छिट्टै नै लोकप्रिय हुनेमा विश्वस्त रहेको शर्माले बताईन्। 

मिस युनिभर्स नेपाल २०२१ तथा जावामिस फियर्स,  सुजिता बस्नेतका अनुसार, “जावाले सधैं मलाई आकर्षक डिजाईन र कार्य कुशलताले मोहित बनाएको छ। जावा एक मोटरसाइकल मात्र नभई एक क्लास हो! र यस कम्पनी सँग आबद्ध हुन पाउदा एकदमै गौराब्वान्वित महसुस गरेको छु”। 

मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र थापाचोक, जनकपुरआसपासका क्षेत्रमा टेस्ट राईडको सुविधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले थप जानकारी, बुकिङ्ग र टेस्ट राईडका लागि भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. को सम्पर्क नम्बरहरु ९८४४४४४३२१ र ९८०१६१८८४७मा सम्पर्क गर्न पनि सक्ने कम्पनीले जनाएको छ  । साथै जावाका सबै मोडलहरु बीएस–सिक्समा उपलब्ध छन् कम्पनीले बतायो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ५१ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै